Trending
Prev Story
Next Story

उमाकुण्डमा ६ वर्षपछि अस्पताल भवन बन्यो, जनशक्ति व्यवस्थापनको चुनाैती कायमै

Ekantipur •
October 13, 2026 • 06:19:35 PM
1
1 reads 0 reactions

रामेछापको दुर्गम बाम्तीभण्डारमा ९ करोड १९ लाख रुपैयाँ लागतमा अस्पताल बने पनि पूर्ण सञ्चालनका लागि २२ जना कर्मचारी आवश्यक छन्।

उमाकुण्डमा ६ वर्षपछि अस्पताल भवन बन्यो, जनशक्ति व्यवस्थापनको चुनाैती कायमै

रामेछापको दुर्गम बाम्तीभण्डारमा ९ करोड १९ लाख रुपैयाँ लागतमा अस्पताल बने पनि पूर्ण सञ्चालनका लागि २२ जना कर्मचारी आवश्यक छन्।

रामेछाप — निर्माण सुरु भएको ६ वर्षपछि रामेछापको दुर्गम हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । अस्पतालको भौतिक संरचना तयार भए पनि आवश्यक जनशक्ति व्यवस्थापन गरेर पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने चुनौती कायमै छ ।

उमाकुण्ड गाउँपालिका–२, बाम्तीभण्डारमा निर्माण भएको आधारभूत अस्पतालमा संघीय सरकारको ८ करोड ४९ लाख र गाउँपालिकाको ७० लाख रुपैयाँ गरी कुल ९ करोड १९ लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा २२ जना कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ ।

अस्पताल सञ्चालनका लागि एमबीबीएस, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, प्रयोगशाला प्राविधिक, रेडियोग्राफर, फार्मेसी सहायक, कविराज, डेनटल हाइजिनिस्टलगायत प्रशासनिक तथा अन्य कर्मचारी आवश्यक पर्नेछन् । आवश्यक जनशक्तिको व्यवस्था गर्न सके स्थानीय नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने अध्यक्ष सुनुवारले बताए ।

‘अस्पतालको भौतिक संरचना तयार भएको छ । अब सञ्चालनका लागि कम्तीमा २२ जना कर्मचारी आवश्यक छन्,’ उनले भने, ‘आवश्यक जनशक्तिको व्यवस्था गर्न सके गाउँपालिकाका नागरिकले स्थानीय स्तरमै स्वास्थ्य सेवा पाउनेछन् ।’

अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीवासीमा स्वास्थ्य सेवाको पहुँच सहज हुने आशा बढेको छ । अस्पताल नियमित सञ्चालनमा आए समय र खर्च बचत हुनुका साथै आकस्मिक स्वास्थ्य समस्यामा परेकालाई समेत राहत पुग्ने स्थानीय मणिराज सुनुवारले बताए । ‘अहिले यहाँका धेरै नागरिक उपचारका लागि टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता छ । अस्पताल सञ्चालनमा आएपछि सहज हुने विश्वास छ,’ उनले भने ।

२०७७ मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत स्वास्थ्य सेवा स्थानीय तहसम्म विस्तार गर्ने योजनाअन्तर्गत देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरेको थियो । स्थानीय तहको जनसङ्ख्या र आवश्यकताका आधारमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गरी दुई वर्षभित्र सञ्चालनमा ल्याउने सरकारी लक्ष्य थियो ।

त्यस क्रममा बागमती प्रदेशमा ५१ वटा आधारभूत अस्पताल शिलान्यास गरिएका थिए । रामेछापका उमाकुण्ड, सुनापति, लिखुतामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकामा पनि अस्पताल निर्माण गर्ने योजना अघि सारिएको थियो । तीमध्ये सुनापति गाउँपालिकाको आधारभूत अस्पताल केही वर्षअघिदेखि सञ्चालनमा आइसकेको छ भने दोरम्बा शैलुङ गाउँपालिकामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लिखुतामकोशी गाउँपालिकामा लामो समयदेखि अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

#भवन #वर्षपछि
Compare →
Hamro Patro News
13h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ ...

#अस्पताल #व्यवस्थापन
Compare →
Onlinekhabar
1d ago
श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो …

#अस्पताल
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

National (Nepal)
Build #2611