बाढी, नदी कटान र जङ्गली जनावरको त्रासले कञ्चनपुरको कुतियाकवरका किसान धान छाडेर बेसार खेतीतर्फ लागेका छन् । उत्पादन बढ्दै गए पनि बजार सुनिश्चित नहुँदा उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् ।
काठमाडौँ — महाकाली र जोगबुढा नदीको दोभानमा रहेको कञ्चनपुरको कुतियाकवरका बासिन्दालाई बाढी र नदी कटानको त्रास छ । नदीले खेतीयोग्य जमिन बगाउने, निकुञ्जबाट हात्तीलगायतका जङ्गली जनावर र भारतीय भूभागबाट छाडा पशुचौपायाले आएर सताउने हुनाले यहाँका किसानले धानको विकल्पमा बेसार खेती गर्न थालेका छन् । तर, उत्पादन बढ्दै गए पनि बजार सुनिश्चितता नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन् ।
हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।