Trending
Prev Story
Next Story

कांग्रेस इतर पक्षले कात्तिक १५ भित्र सबै जिल्लाको अधिवेशन सक्ने

Nagarik News •
October 23, 2026 • 03:58 PM
2
2 reads 0 reactions

नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।

कांग्रेस इतर पक्षले कात्तिक १५ भित्र सबै जिल्लाको अधिवेशन सक्ने

नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले त्यसअघि संगठनका सबै तहका अधिवेशन प्रक्रिया पूरा गर्न लागेको हो।

असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म ४८० वटा पालिका र ६ हजार १०७ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए।

उनका अनुसार हालसम्म १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा समेत अधिवेशन सम्पन्न भएको छ।

बाँकी जिल्लाको अधिवेशन पनि कात्तिक १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पोखरेलले बताए।

कांग्रेसको संस्थापन पक्षले भने २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ। इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ २१:४३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
13h ago
मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

#अधिवेशन #कांग्रेस
Compare →
Onlinekhabar
13h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#अधिवेशन #कांग्रेस
Compare →
Ekantipur
15h ago
सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

#कात्तिक
Compare →

Related Stories

Politics & Governance
Build #2612