Trending
Prev Story
Next Story

किसानलाई दसैं भन्दा खेती भित्र्याउन चटारो

Ekantipur •
October 13, 2026 • 06:19:33 PM
1
1 reads 0 reactions

गाउँमा दसैंको रमझम सुरु भए पनि किसानहरू खेत जोत्न, पराल थन्क्याउन र वनबाट खर काट्ने चटारोमा छन्।

किसानलाई दसैं भन्दा खेती भित्र्याउन चटारो

गाउँमा दसैंको रमझम सुरु भए पनि किसानहरू खेत जोत्न, पराल थन्क्याउन र वनबाट खर काट्ने चटारोमा छन्।

बैतडी — अहिले सहरबाजर देखि गाउाघरसम्म दसैंको चहलपहल छ । तर बैतडीका किसानलाई भने खेतीपाती भित्र्याउने चटारो छ ।

यो समयमा बैतडीका पाखोबारीमा मकै, कोदो, मकै, धान, मादुरो, भटमास, गहत, मासलगायतका बाली पाक्ने बेला हो । पानी लाग्ने खेतमा भने कागुनो र बर्खे धान पाकिरहेका छन् । यस्तै महिलाहरुलाई वनपाखाबाट खर काटेर थन्क्याउने चटारो पनि यही बेला हुन्छ ।

यहाँका किसानलाई अहिले दसैंको रमाइलोभन्दा बाली भित्र्याउने तथा वनबाट खर काटेर थन्क्याउन बढी चटारो छ । ‘दसैंको रमाइलो एक हप्तामात्र हो । यही रमाइलोमा लागेर खेतीपाती भित्र्याउन छुट्यो भने वर्षभरि किनेर खानुपर्ने अवस्था आउाछ,’ मेलौली नगरपालिका–६ का कृषक चिन्तामणि भट्टले भने, ‘मकै थन्क्याइसक्यौं । कोदो, बाजुरो र धान काट्न सुरु गरेका छौं, पानी परे पाकेको बाली कुहिने भएकाले भोकतिर्खा नभनी खेती थन्क्याउनमा व्यस्त छौं ।’

यो वर्ष ढिलो दसैं परेकाले असोजको सुरुदेखि नै खर काट्न थाले पनि अहिलेसम्म थन्क्याउन नसकेको दशरथचन्द–५ की निर्मला भट्टले बताइन् । ‘घरमा बसेर केको दसैंको रमाइलो हुनु,’ उनले भने, ‘खेतबारी र वनपाखाको काम सकेपछि त दसैंभन्दा बढी रमाइलो मान्थ्यौं ।’

बैतडीमा बाली काट्नेबित्तिकै पानी लाग्ने खेत जोतेर गहुँ छर्न सुरु गर्ने चलन छ । पाखो जमिनमा मंसिरमा गहुँ छर्नका लागि जोतेर छाड्ने गरिन्छ । यही कारण असोज र कात्तिकमा किसानलाई कामको बढी चटारो हुने गरेको छ।

दसैंको चहलपहलभन्दा पनि खेतबारी र वनपाखामा काम गर्नेहरुको चहलपहल बढिरहेको शिवनाथ गाउँपालिका–२ का किसान मदन साउँदले बताए । ‘हाम्रो पाखोबारी र खेत दुवै भएकाले काम भ्याइनभ्याइ छ,’ उनले भने, ‘दसैं आएको पत्तै छैन । हामी किसानका लागि दसैं भन्दा पनि लगाएको बाली राम्रोसाग भित्र्याउन पाए त्यही दसैं हो ।’

दसैंका बेला नबरात्रिमा बैतडीका शक्तिपीठमा विशेष पूजाआजा पनि हुने गर्छ । पूजाका लागि बाहिर गएका मानिस गाउँ फर्किने भएकाले दसैं सुरु भएको आभास हुन्छ । तर घर पुग्नेबित्तिकै उनीहरु पनि आफ्नो खेतबारीमा बाली भित्र्याउन व्यस्त हुने गरेका छन् ।

पञ्चेश्वर गाउापालिका–२ का गम्भीर चन्दलाई पनि दसैं मनाउनुभन्दा खेत जोत्ने चटारो छ । पानी लाग्ने खेतमा गहुँ छर्न ढिलो हुने चिन्ता छ । ‘अस्तीमात्रै धान चुटेर भित्र्याइ सक्यौं,’ उनले भने, ‘अब खेत जोतेर पराल थन्क्याउनु पर्नेछ । रमाइलो गर्ने त फुर्सद नै छैन् ।’ उनीजस्तै जिल्लाका अन्य किसानलाई पनि यो महिना खेतीपातीको कामले भ्याइनभ्याइ छ ।

बैतडीमा ३१ हजार ४८५ हेक्टर खेतीयोग्य जमिनमध्ये २५ हजार ७०० हेक्टरमा मात्र खेती गरिएको कृर्षि ज्ञान केन्द्र बैतडीका प्राविधिक मेहशदत्त पाण्डेयले बताए । गत आर्थिक बर्षमा २३ हजार ९३१ मेट्रिक टन गहुँ र ९८९ मेट्रिक टन जौं उत्पादन भएको ज्ञान केन्द्रको तथ्यांक छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#किसान #चटारो
Compare →
Hamro Patro News
3d ago
तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान

तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान

काठमाडौं – धानबाली भित्र्याउने समय र तिहारको चाडपर्व एकैपटक परेपछि भोजपुरका किसानलाई दोहोरो चटारो परेको छ । पाकेको धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त हुँदा किसानले यस व...

#किसान #भन्दा #चटारो
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →

Related Stories

National (Nepal)
Build #2611