Trending
Prev Story
Next Story

निर्वाचन कार्यालय हेटौँडाले हटायो मकवानपुरका ३४७२ मतदाताको नाम

Ekantipur •
October 13, 2026 • 06:19:33 PM
1
1 reads 0 reactions

निर्वाचन कार्यालयले हटाएको नामावलीमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

निर्वाचन कार्यालय हेटौँडाले हटायो मकवानपुरका ३४७२ मतदाताको नाम

निर्वाचन कार्यालयले हटाएको नामावलीमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

हेटौँडा — नागरिकता परित्याग गरेका, मृत्यु भएका र दोहोरो नाम दर्ता भएका करिब साढे ३ हजार मतदातालाई प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावली सूचीबाट हटाएको छ ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार सबैभन्दा धेरै मृत्यु दर्ता भएका १ हजार ९६४  मतादातालाई कार्यालयले सूचीबाट हटाएको हो । वडा कार्यालयहरूबाट प्राप्त मृत्यु दर्ताका आधारमा त्यस्ता नाम हटाएको ढकालले बताए । दोहोरो मतदाता नामावली भएका १ हजार ५०२ मतदाताको नाम हटाएको छ । 'निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो नाम भएकाहरूलाई हटाएको हो,' उनले भने ।

त्यसैगरी नागरिकता त्यागेका ६ जनाको नाम पनि कार्यालयले सूचीबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता त्यागेको विवरणका आधारमा उनीहरूलाई सूचीबाट हटाएको निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।

निर्वाचन कार्यालय हेटौँडाका अनुसार मकवानपुरका ३ हजार ४७२ मतदाताको नाम मतदाता नामवाली सूचीबाट हटाइएको छ । निर्वाचन कार्यालयले हटाएको नामावली प्रकाशित गरेको छ । त्यसबारेमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत  गरेको छ ।

निर्वाचन आयोगले अन्तिम नामावली ३० असोजमा जारी गर्ने जनाएको छ । गत फागुनमा भएको संसदीय निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता थिए । मकवानपुरमा २ निर्वाचन क्षेत्र र १० पालिका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल भीरमा खसेको ईभीमा सवार २० जना मध्ये ६ जनाको उद्धार गरिएको छ भने १४ वटा शव फेला परेको छ ।...

#हेटौँडा #मकवानपुर
Compare →
Arthasansar
4h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#हेटौँडा
Compare →
Nagarik News
4h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#हेटौँडा
Compare →

Related Stories

National (Nepal)
Build #2611