काठमाडाैँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने क्षमता भएका हुसेनले लायन्सको ब्याटिङ लाइन अपलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
हुसेनले सन् २०२० मा बंगलादेशलाई आईसीसी यू-१९ विश्वकपको उपाधि दिलाउने टोलीको सदस्यका रूपमा आफ्नो क्रिकेट यात्रा अघि बढाएका थिए। युवा क्रिकेटमा उत्कृष्ट प्रदर्शनपछि उनले बंगलादेशको राष्ट्रिय टोलीमा स्थान बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा समेत आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )