Trending
Prev Story
Next Story

नेपालको शेयर बजार : अवसर, जोखिम र विवेकपूर्ण लगानीको बाटो

Arthasansar •
October 23, 2026 • 01:47 PM
2
2 reads 0 reactions

तारा फुल्लेल  नेपालको पूँजीबजार देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हो। यसले उद्योग, बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा, होटललगायतका क्षेत्रमा लगानी गर्ने...

नेपालको शेयर बजार : अवसर, जोखिम र विवेकपूर्ण लगानीको बाटो

नेपालको पूँजीबजार देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हो। यसले उद्योग, बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा, होटललगायतका क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्छ। तर शेयर बजारमा प्रवेश गर्नु र बजारबाट दिगो प्रतिफल हासिल गर्नु फरक कुरा हुन। यहाँ नाफा कमाउने अवसर जति छ, त्यति नै पूँजी गुमाउने जोखिम पनि छ। त्यसैले शेयर बजारलाई छिट्टै धनी बन्ने माध्यमभन्दा पनि ज्ञान, धैर्य, अनुशासन र विवेकको परीक्षा मान्नुपर्छ।

नयाँ लगानीकर्ताले के कुरामा ध्यान दिने?

शेयर बजारमा प्रवेश गर्नुअघि बजारको आधारभूत ज्ञान हासिल गर्नु आवश्यक छ। जुन पायो त्यहि वा अरूले सुझाएको कम्पनीको शेयर किन्दैमा नाफा सुनिश्चित हुँदैन। नयाँ लगानीकर्ताले सुरुमा आफ्नो बचतको सानो हिस्साबाट लगानी गर्दै बजारको प्रकृति बुझ्नुपर्छ। सम्भव भएसम्म प्राथमिक बजार, म्युचुअल फन्ड र तुलनात्मक रूपमा बुझ्न सजिला लगानीका विकल्पबाट अनुभव हासिल गर्दै दोस्रो बजारतर्फ अघि बढ्नु उपयुक्त हुन्छ। घरखर्च, शिक्षा, स्वास्थ्य वा आपत्कालीन प्रयोजनका लागि छुट्याइएको रकम शेयर बजारमा लगाउनु हुँदैन। ऋण लिएर वा उच्च ब्याज तिर्नुपर्ने पैसाबाट शेयर किन्नु पनि जोखिमपूर्ण हुन सक्छ ।

सफल लगानीका लागि स्पष्ट योजना अपरिहार्य हुन्छ। आफूले कति रकम लगानी गर्ने, कति समयसम्म लगानी कायम राख्ने, कति जोखिम सहन सक्ने र कुन अवस्थामा शेयर बिक्री गर्ने भन्ने कुरा पहिल्यै तय गर्नुपर्छ। सबै रकम एउटै कम्पनी वा एउटै क्षेत्रमा लगाउनुको सट्टा विभिन्न क्षेत्रका सम्भावनायुक्त कम्पनीमा लगानी विविधीकरण गर्नुपर्छ। बजार बढ्दा अत्यधिक उत्साहित हुने र घट्दा आत्तिएर बिक्री गर्ने प्रवृत्तिले घाटा बढाउन सक्छ। त्यसैले हल्ला र भावनाभन्दा तथ्य तथा योजनाका आधारमा निर्णय लिनुपर्छ।

फन्डामेन्टल रूपमा सबल कम्पनी कसरी चिन्ने ?

कम्पनीको शेयर मूल्य सस्तो देखिनु र कम्पनी वास्तविक रूपमा राम्रो हुनु फरक विषय हुन। लगानी गर्नुअघि कम्पनीको आम्दानी, प्रतिसेयर आम्दानी (EPS), मूल्य–आम्दानी अनुपात (P/E), नेटवर्थ, प्रतिफल दर (ROE), ऋणको अवस्था, नगद प्रवाह, लाभांश इतिहास र व्यवस्थापनको गुणस्तर अध्ययन गर्नुपर्छ। पछिल्ला त्रैमासिक तथा वार्षिक वित्तीय विवरणसँगै कम्पनीको व्यावसायिक योजना, क्षेत्रगत सम्भावना र सुशासनको अवस्था पनि हेर्नुपर्छ। राम्रो कम्पनीको शेयरसमेत अत्यधिक महँगो मूल्यमा किन्दा अपेक्षित प्रतिफल नआउन सक्छ। त्यसैले कम्पनीको गुणस्तर र खरिद मूल्य दुवै महत्त्वपूर्ण छन्।

अनुभवी लगानीकर्तासँगको सामीप्यता र सही सूचनाको महत्त्व

शेयर बजारमा लामो समय बिताएका अनुभवी लगानीकर्तासँग छलफल गर्दा बजारका उतारचढाव, जोखिम व्यवस्थापन र व्यवहारिक अनुभव सिक्न सकिन्छ। तर कसैको अनुभवलाई अन्तिम सत्य मानेर अन्धाधुन्ध लगानी गर्नु हुँदैन। सामाजिक सञ्जालका टिप्स, अपुष्ट समाचार, कृत्रिम प्रचार र मूल्य बढाउने उद्देश्यले फैलाइने हल्लाबाट सचेत रहनुपर्छ। अनुभवी लगानीकर्ताको सुझावलाई अध्ययनको आधार बनाउने हो, आफ्नो निर्णयको विकल्प होइन। आधिकारिक सूचना, वित्तीय विवरण र नियामक निकायका प्रकाशनलाई प्राथमिकता दिनुपर्छ।

नेपालको शेयर बजारमा दीर्घकालीन अवसर छन, तर ती अवसर पहिचान गर्न धैर्य र विश्लेषण आवश्यक छ। बजार घट्दा सबै कम्पनी खराब हुँदैनन र बजार बढ्दा सबै कम्पनी राम्रा हुँदैनन। लगानीकर्ताले बजारको प्रवृत्तिसँगै कम्पनीको वास्तविक अवस्था बुझ्नुपर्छ। नियोजित लगानी, उचित विविधीकरण, जोखिम नियन्त्रण र निरन्तर अध्ययन नै सफलताको आधार हुन। मेरो अनुभवमा, शेयर बजारमा सबैभन्दा ठूलो शक्ति पर्याप्त पूँजी होइन, सही निर्णय गर्ने क्षमता हो। बजारमा प्रवेश गर्नुअघि सिक्नुहोस, लगानी गर्नुअघि अध्ययन गर्नुहोस र नाफा कमाउँदा पनि जोखिम नबिर्सनुहोस। किनकि शेयर बजारमा टिकिरहनु र विवेकपूर्ण रूपमा पूँजी बढाउनु नै वास्तविक सफलता हो।  (नयाँ लगानीकर्तालाई अनुभवी लगानीकर्ताको सुझाव)

(लेखक फुल्लेलकाे याे व्यक्तिगत  बिचार हाे । )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
प्रि–ओपन सेसनमै नेप्से ५.३३ अंकले घट्यो, ३६ कम्पनीको शेयर मूल्य ओरालो

प्रि–ओपन सेसनमै नेप्से ५.३३ अंकले घट्यो, ३६ कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारको प्रि–ओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार २.६४ अंक बढेर २ हजार ६५५.२२...

#शेयर-बजार #शेयर
Compare →
Onlinekhabar
18h ago
रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै …

#जोखिम
Compare →
Ekantipur
2d ago
जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान

जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान

हिमाली क्षेत्रका जोखिमलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालले पहल गरिरहेका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी जलवायु संकट नियन्त्रणका प्रयासभन्दा तीव्र गतिमा अघि बढिरहेको चेतावनी दिएका छन् ।

#जोखिम
Compare →
Bizshala
3d ago
बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

काठमाण्डौ । निक्षेपमा ब्याज कति आउँछ, सेयरबाट कति कमाइ हुन्छ वा ऋणको मासिक किस्ता कति पर्छ भन्ने हिसाबले मात्रै सही...

#जोखिम
Compare →

Related Stories

Business & Economy
Build #2612