Trending
Prev Story
Next Story

दसैंमा ३६ सडक दुर्घटना, चार जनाको मृ`त्यु

Nagarik News •
October 23, 2026 • 01:02 PM
1
1 reads 0 reactions

गत वर्ष २०८२ को दसैँको अवधिमा २ जनाको मात्र मृत्यु भएको थियो। यस वर्ष दसैँमा सवारी दुर्घटना ३६ भएका तथा गम्भीर घाइते १८ र सामान्य घाइते ३७ जना भएका छन्।

दसैंमा ३६ सडक दुर्घटना, चार जनाको मृ`त्यु

चाडबाडमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सुरक्षित यात्रा अभियान जारी राखेको अवस्थामा समेत कपिलवस्तुमा भने दसैँको अवधिमा दुर्घटनाको संख्यामा कमी आएको छैन।

चाडबाडमा सम्भावित दुर्घटनालाई लक्षित गरी देशभर सुरक्षित यात्रा सञ्चालन गरिए पनि कपिलवस्तुमा दुर्घटनामा गत वर्षको तुलनामा मृत्युको संख्या बढेको छ। घटस्थापनाको दिन असोज २५ देखि कात्तिक ४ गतेसम्मको ११ दिनमा ४ जनाको मृत्यु भएको ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

गत वर्ष २०८२ को दसैँको अवधिमा २ जनाको मात्र मृत्यु भएको थियो। यसवर्षको दसैंमा भएका ३६ वटा सवारी दुर्घटनामा १८ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएका छन्। २०८२ को दसैँको अवधिमा २९ दुर्घटनामा १४ गम्भीर घाइते र ३४ सामान्य घाइते भएका थिए।

गत वर्षको दसैँको अवधिमा भन्दा यस वर्ष दुर्घटनाको संख्या, मृत्यु र घाइतेको संख्या समेत बढेको देखिन्छ। ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले दुर्घटना न्यूनीकरणका लागि सुरक्षित यात्रा सञ्चालनदेखि सचेतना, चेकजाँचसहित विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि गत वर्षको दसैँभन्दा यस वर्ष दुर्घटना बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले सवारीको चाप, सडकको अवस्था, क्षमताभन्दा बढी यात्रु राख्ने, लापसे र मापसे गरी सवारी चलाउने, यान्त्रिक अवस्था लगायतका कारण दुर्घटना हुने गरेको बताए।

साउनदेखि असोजसम्म १९ जनाको मृत्यु कपिलवस्तुमा २०८३ को साउनदेखि असोजसम्म सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा १३ जनाको मृत्यु भएको थियो। यस वर्ष ३ महिनामा कुल २ सय २ सवारी दुर्घटना भएका छन्। यस वर्ष मृत्यु हुनेमा १४ जना पुरुष, २ महिला र ३ बालक रहेका छन्।

जसमा ९६ जना गम्भीर र २ सय ४७ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा कुल ३ सय ८ सवारीसाधन संलग्न रहेका छन्। गत वर्ष सोही अवधिमा १ सय ८६ दुर्घटना भएका थिए। जसमा ८७ जना गम्भीर र २ सय ९७ जना सामान्य घाइते भएका थिए। २ सय ६२ सवारीसाधन दुर्घटनामा परेका थिए।

प्रकाशित: ६ कार्तिक २०८३ १८:४७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
12h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Onlinekhabar
3h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Hamro Patro News
6h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु #त्यु
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
14h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #त्यु
Compare →

Related Stories

Technology
Build #2611