Trending
Prev Story
Next Story

डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

काठमाडौं । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा …

डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

मिलरले एकदिवसीयमा ४ हजार ७६२ र टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १४२ र टी–२० अन्तर्राष्ट्रियमा अविजित १०६ रन हो। उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक बनाएका छन्।

सबैखाले टी–२० क्रिकेटमा मिलरले ५८४ खेलमा १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा उनले चार शतक र ५३ अर्धशतक बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन्।

मिलरले सन् २००८ मा १८ वर्षको उमेरमा प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिकाको वेस्ट इन्डिज भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरे। सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध लगातार दुई एकदिवसीय खेलमा शतक बनाएका मिलरले त्यसै वर्ष विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १८ बलमा ४९ रन बनाएका थिए।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि मिलरले लामो समय खेलेका छन्। उनी सन् २०१३ देखि २०१९ सम्म किङ्स इलेभेन पञ्जाबमा आबद्ध थिए र सन् २०१६ मा टोलीको कप्तानीसमेत गरेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्दा उनले १६ खेलमा ४८१ रन बनाएका थिए। उक्त सिजन गुजरातले पहिलो पटक आईपीएल उपाधि जितेको थियो।

मिलरले पछिल्लो पटक सन् २०२६ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
4h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
11h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
8h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2611