Trending
Prev Story
Next Story

प्लेअफ नपुगेको एकमात्र टोली पोखरा एभेन्जर्सको ठूलो लक्ष्य

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टोली हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएल खेल्ने पोखराको कप्तान कुशल भुर्तेल हुन् । एनपीएलमा क्रिकेट खेल्ने बाहेक ग्लासियर्स म्याटर अभियान चलाउने, …

प्लेअफ नपुगेको एकमात्र टोली पोखरा एभेन्जर्सको ठूलो लक्ष्य

६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टोली हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएल खेल्ने पोखराको कप्तान कुशल भुर्तेल हुन् ।

एनपीएलमा क्रिकेट खेल्ने बाहेक ग्लासियर्स म्याटर अभियान चलाउने, कन्सर्टमार्फत क्रिकेटलाई संगितसँग जोड्ने जस्ता फरक खालका गतिविधिले पनि पोखरा चर्चामा आइरहेको छ ।

यस्तै जेसन रोय, जिमी निशम जस्ता स्टार विदेशी खेलाडी अनुबन्ध गर्दै विगतमा पनि पोखरा एभेन्जर्सको चर्चा भएको थियो ।

सन् २०२२ मै क्यानले आयोजना गरेको नेपाल टी२० लिग खेलेको पोखरा सन् २०२४ देखि सुरु भएको एनपीएलमा महँगो फ्रेन्चाइजको रुपमा भित्रिएको हो ।

विगतका दुवै सिजनमा पोखराले राम्रो टिम बनाएपनि प्लेअफमा पुग्न सकेन । पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको यात्रा तय गर्ने हुनेछ ।

तेस्रो सिजनका लागि पोखराले कप्तान भुर्तेलसहति कोर टिमलाई रिटेन गरेको छ भने मुख्य प्रशिक्षकदेखि विदेशी खेलाडी अनी अन्य व्यवस्थापन पक्षलाई परिवर्तन गरेको छ ।

पोखराले तेस्रो सिजनका लागि कप्तान भुर्तेलसँगै दिनेश खरेल, अर्जुन कुमाल, सागर ढकाल, आकाश चन्द, विपिन खत्री र किरण ठगुन्नालाई रिटेन गरेको छ ।

यस्तै अक्सनबाट अर्जुन घर्ती, सुदिप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई अक्सनबाट अनुबन्ध गरेको छ ।

पोखराले तेस्रो सिजनको एनपीएलका लागि कोर टिमलाई रिटेन गरेको छ । कप्तान भुर्तेलसहित पहिलो सिजनदेखि नै टिममा रहेका सागर ढकाल, दिनेश खरेल,आकाश चन्द, विपिन खत्री र किरण ठगुन्ना तेस्रो सिजनसम्म पनि निरन्तर टिममा छन् ।

यस्तै दोस्रो सिनज अक्सनबाट अनुबन्ध भएका युवा ब्याटर अर्जुन कुमाल तेस्रो सिजनमा रिटेन भएका छन् । दोस्रो सिजन आइकोनिक प्लेअरको रुपमा ट्यालेन्ट हन्टबाट छनोट भएका सुदिप अर्याललाई तेस्रो सिजन अघि रिलज गरेपनि अक्सबाट पुन: टिममा अनुबन्ध गरेको छ ।

ब्याटर तृतराज दासलाई रिलिज गरेको पोखराले विकेटकिपर अर्जुन घर्तीलाई तेस्रो सिजनअघि टिममा भित्र्याएको छ ।

विशेषगरी पोखराले ओपनर देखि टप अर्डका खेलाडी रिटेन गरेको छ भने दुई स्पीनर र एक मिडियम पेसर रिटेन भएका छन् । अक्सनबाट विकेटकिपर पनि भित्र्याएको पोखराका लागि अब बाँकी पोजिसनमा विदेशी खेलाडीमा ध्यान दिनेछ ।

अजन्था मेन्डिस र शकिबको आगमनले उत्साह

पोखराले अहिलेसम्म ६ मध्ये पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा पोखराले बंगलादेशका विश्वचर्चित अलराउण्डर शाकिब अल हसनलाई भित्र्याउँदै चर्चा बटुलेको छ भने श्रीलंकन अलराउण्डर धनन्जय लक्षणलाई पनि निरन्तरता दिएको छ ।

शाकिबको आगमनले पोखराको मिडर अर्डर ब्याटिङ र स्पीन बलिङ बलियो बन्नेछ भने ब्याटिङ अलराउण्डर धनन्जयले पनि मिडल अर्डरमा ब्याटिङमा साथ दिनेछन् भने आवश्यक पर्दा मिडियम पेस बलिङ पनि गर्नेछन् । चमिका करुणारत्ने पनि बलिङ अलराउन्डरका रूपमा छन् ।

महेदी हसन पनि अलराउन्डरका रूपमा छन् भने मोहम्मद सैफुद्दिन बलिङ अलराउन्डरका रूपमा छन् ।

कप्तान कुशल सहित दिनेश र अर्जुन कुमाल, अर्जुन घर्ती, शकिब र धनन्जयले पोखराको ब्याटिङ डेप्थलाई बढाएको छ । त्यसमा हार्ड हिटर किरण ठगुन्ना पनि छन् ।

पोखराले अझै ४ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । विदेशी खेलाडीको अनुबन्ध पछि टिम कम्बिनेसन कस्तो बन्छ थाहा हुनेछ । अहिलेको अवस्थामा पोखरालाई प्रोपर विदेशी पेस बलरको आवश्यकता देखिन्छ । राम्रो फिनिसिङ गर्ने विदेशी खेलाडी भित्रिए टिमको सन्तुलत अझ राम्रो हुनेछ ।

पोखरामा अलराउण्डरहरु धेरै भएकोले विशेषज्ञ विदेशी ब्याटर अनुबन्ध भएमा बलिङमा पनि धेरै विकल्प हुनेछ । किनभने कप्तान कुशल देखि दिनेश खरेलले स्पीन बलिङ गर्न सक्छन् । शाकिब सागर विपिन स्पीनरको रुपमा छन् ।

रिटेन खेलाडी : कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना अक्सनमा अनुबन्ध खेलाडी : अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य विदेशी खेलाडी : शाकिब अल हसन, धनन्जय लक्षण, चमिका करुणारत्ने, महेदी हसन, मोहम्मद सैफुद्दिन मुख्य प्रशिक्षक : अजन्था मेन्डिस सहायक प्रशिक्षक : रिजन प्रजु

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
9h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Hamro Patro News
4h ago
चितवन प्लेअफको नजिक, जनकपुर प्रतियोगिताबाट बाहिरियो

चितवन प्लेअफको नजिक, जनकपुर प्रतियोगिताबाट बाहिरियो

काठमाडौं- चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न खेलमा जित निकालेसँगै चितवन सात अंकसहित त...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Ekantipur
11h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #लक्ष्य
Compare →
Nagarik News
11h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लक्ष्य
Compare →

Related Stories

National (Nepal)
Build #2611