Trending
Prev Story
Next Story

मुख्यमन्त्रीहरूलाई उपहार भोजपुरे खुकुरी

Nagarik News •
October 14, 2026 • 08:27 AM
1
1 reads 0 reactions

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी छ प्रदेशका मुख्यमन्त्रीलाई कोशीका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरिएको छ।

मुख्यमन्त्रीहरूलाई उपहार भोजपुरे खुकुरी

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी छ प्रदेशका मुख्यमन्त्रीलाई कोशीका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुरे खुकुरी, ढाकाको कोट, ढाकाको टोपी, अल्लोको झोला र इलामको चिया प्रदान गरेका छन्।

मुख्यमन्त्री कार्कीले मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीलाई ढाकाको कोट, ढाका टोपी, भोजपुरको खुकुरी, इलामको चिया र अल्लोको झोला उपहार दिएका हुन्।

विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेक अन्य छवटै प्रदेशका मुख्यमन्त्री सहभागी भएका थिए।

सम्मेलनका क्रममा मुख्यमन्त्रीहरूलाई प्रदान गरिएका उपहारले कोशी प्रदेशको मौलिक पहिचान, स्थानीय उत्पादन र सांस्कृतिक विविधतालाई उजागर गरेको छ।

प्रकाशित: २८ आश्विन २०८३ १४:१२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका

दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका

दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका दाजुभाइ र आफन्तलाई ढाकाका सामग्री उपहार दिने चलन बढेसँगै तिहारमा पाल्पाली उत्पादनले संस्कृति, पहिचान र पारिवारिक सम्बन्ध जोडिरहेको छ। कार्तिक ...

#उपहार #ढाका
Compare →
Ekantipur
3d ago
भाइटीकाको उपहारदेखि विदेशसम्म फैलिएको पाँचथरको ढाका

भाइटीकाको उपहारदेखि विदेशसम्म फैलिएको पाँचथरको ढाका

तिहारमा दाजुभाइ र दिदीबहिनीबीच उपहारका रूपमा साटासाट हुने ढाकाका सामग्रीको माग नेपालका विभिन्न सहर हुँदै विदेशसम्म पुग्न थालेको छ ।

#उपहार #ढाका
Compare →
Bizshala
1w ago
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

काठमाण्डौ । शाओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘शाओमी किन्दा उपहार एभ्रिडे बम्परमा थाइल्यान्ड...

#उपहार
Compare →

Related Stories

National (Nepal)
Build #2611