Trending
Prev Story
Next Story

यमनमा संयम अपनाउन राष्ट्र सङ्घको आग्रह

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

६ कात्तिक, काठमाडौं । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले …

यमनमा संयम अपनाउन राष्ट्र सङ्घको आग्रह

६ कात्तिक, काठमाडौं । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग आवश्यक रहेकोमा जोड दिए ।

यसैबीच, हुथी आन्दोलनलाई युरोपेली सङ्घ (इयु) को आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गर्ने युरोपेली संसद्को प्रस्तावलाई यमनको विदेश मन्त्रालयले स्वागत गरेको छ । मन्त्रालयले यसलाई नागरिकको सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भनेको छ ।

बिहीबार पारित प्रस्तावमा युरोपेली संसद्ले हुथीहरूका आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र मानवीय कानूनको उल्लङ्घन भन्दै त्यसबाट यमनी नागरिकको मृत्यु तथा विस्थापन बढेको र मानवीय सङ्कट गम्भीर बनेको उल्लेख गरेको छ । संसद्ले इजरायल र संयुक्त अरब इमिरेट्सविरुद्ध भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको पनि निन्दा गरेको छ ।

इयुकी विदेश मामिला तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कल्लासको प्रस्तावपछि संसद्ले हुथी आन्दोलनका राजनीतिक तथा सैन्य शाखा, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गरेको हो । साथै, आन्दोलनको आर्थिक स्रोत रोक्न र त्यसलाई सहयोग गर्ने पक्षका कोष तथा सम्पत्ति रोक्का गर्न पनि आह्वान गरिएको छ ।

यसैबीच, इराकले साउदी अरबमाथिका आक्रमणको निन्दा गर्दै आफ्नो भूभाग कुनै पनि पक्षले आक्रमणका लागि प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । अल जजिराका अनुसार इराकका विदेशमन्त्री फुआद हुसेनले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गरी आक्रमण र त्यसबाट नागरिक तथा सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको निन्दा गरेको साउदी विदेश मन्त्रालयले जनाएको छ । रासस/एएनआई

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी

यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी

साउदी अरब गठबन्धन सेनाले गरेको आक्रमणमा यमनको साना प्रान्तमा २२ जना मारिएका हुथी मिडियाले शनिबार जनाएको छ। मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेका बताइएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार गरिब...

#यमन #साउदी #हुथी
Compare →
Nagarik News
5d ago
साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति

साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति

यमनका हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि घटना भएको हो।

#साउदी #हुथी
Compare →
Ekantipur
5d ago
हुथीको आधार इलाकामा साउदीको आक्रमण, महिला-बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु

हुथीको आधार इलाकामा साउदीको आक्रमण, महिला-बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु

सानास्थित सेहातुना अस्पतालका निर्देशक अब्दुल-अजीज अल-दैलामीका अनुसार धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि थिचिएका छन्। उद्धारकर्मीहरू पुग्नासाथ थप आक्रमण भएकाले केही स्वास्थ्यकर्मीको समेत मृत्यु भएको छ

#साउदी #हुथी
Compare →

Related Stories

World News
Build #2611