Trending
Prev Story
Next Story

घुइँयाबारीमा लाइन विस्तार माग गर्दै विद्युत कार्यालयमा धर्ना

Ekantipur •
November 26, 2026 • 12:03 PM
0
0 reads 0 reactions

लामो समयदेखि विद्युत् नपुगेका घुइँयाबारीका बस्तीमा सेवा विस्तार माग्दै वडाध्यक्ष मित्रलाल रिजालसहित स्थानीयले माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन्।

घुइँयाबारीमा लाइन विस्तार माग गर्दै विद्युत कार्यालयमा धर्ना

लामो समयदेखि विद्युत् नपुगेका घुइँयाबारीका बस्तीमा सेवा विस्तार माग्दै वडाध्यक्ष मित्रलाल रिजालसहित स्थानीयले माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन्।

सल्यान — विद्युत विस्तारको माग गर्दै सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालसहित स्थानीयवासी नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रको कार्यालयमा धर्नामा बसेका छन् ।

वडाका केही बस्तीमा विद्युत सेवा पुगे पनि घुइँयाबारीका बाँकी बस्तीमा विद्युतीकरण हुन नसकेको भन्दै वडाध्यक्ष रिजालसहित १५ देखि २० जना स्थानीय बिहीबार बिहान ११ बजेदेखि कार्यालयमा धर्नामा बसेका हुन् । उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर कार्यालय परिसरमा धर्ना दिएका छन् ।

विद्युत विस्तारको माग लामो समयदेखि राख्दै आए पनि सुनुवाइ नभएको भन्दै उनीहरूले कार्यालयको सेवा प्रवाहसमेत अवरुद्ध गरेका छन् । माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने र कार्यालयको सेवा सञ्चालन हुन नदिने उनीहरूको भनाइ छ ।

वडाध्यक्ष रिजालका अनुसार कार्यालय प्रमुखले घुइँयाबारीका केही बस्तीमा विद्युत सेवा विस्तार गरे पनि अब थप विस्तार नगर्ने र आफ्नो कार्यकालसम्म बत्ती बाल्न नसकिने अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्ति फिर्ता लिएर बाँकी बस्तीमा विद्युत् विस्तारको काम अघि बढाउनुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘हामीले लामो समयदेखि विद्युत विस्तारका लागि आग्रह गर्दै आएका छौं । तर, कार्यालय प्रमुखले अब थप विद्युत् विस्तार नगर्ने भनेर ट्रान्सफर्मर पनि फिर्ता मागिएको छ,’ रिजालले भने ।

यता, विद्युत प्राधिकरण सल्यान वितरण केन्ऽका प्रमुख नरेशदत्त रावलले भने घुइँयाबारीमा विद्युतीकरणको काम रोकिएको नभई ट्रान्सफर्मर व्यवस्थापनमा विवाद उत्पन्न भएको बताए । उनका अनुसार सुरुमा घुइायाबारीमा २५ केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको थियो । उक्त ट्रान्सफर्मरले पर्याप्त सेवा दिन नसकेपछि स्थानीयको मागअनुसार १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको हो ।

पुरानो २५ केभीए क्षमताको ट्रान्सफर्मर फिर्ता ल्याउने क्रममा वडाध्यक्ष रिजालले रोकेर राखेको भन्दै रावलले उक्त ट्रान्सफर्मर फिर्ता नभएसम्म घुइाबारीमा अन्य विद्युतका काम अघि नबढाउने बताएका छन् । कार्यालयमा अतिरिक्त ट्रान्सफर्मर मौज्दात नरहेको र जिल्लाका विभिन्न स्थानमा ट्रान्सफर्मर जलेर विद्युत् सेवा अवरुद्ध भएका बेला पुरानो ट्रान्सफर्मर अन्यत्र जडान गर्न आवश्यक रहेको उनको भनाइ छ ।

ट्रान्सफर्मर फिर्ता ल्याउने क्रममा अन्य बस्तीमा आवश्यक रहेको भन्दै वडाध्यक्ष रिजालले रोकेको रावलको आरोप छ । जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुनुपर्नेमा उल्टै कर्मचारीको मनोबल गिराउने गतिविधि भएको उनले बताए । यस घटनाका कारण कर्मचारीलाई पुनः घुइायाबारी पठाएर काम गराउने अवस्था नरहेकोसमेत उनले उल्लेख गरे ।

यस विषयमा वितरण केन्द्रले जिल्ला प्रशासन सल्यानलाई पत्र पठाउँदै सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ । प्रशासनलाई पठाइएको पत्रमा ट्रान्सफर्मर फिर्ता ल्याउने क्रममा अवरोध भएको, कर्मचारीमाथि दबाब दिइएको र कार्यालयको सेवा प्रवाह तथा विद्युतीकरणको काम प्रभावित भएको उल्लेख छ ।

वडाध्यक्ष रिजालले भने अन्य बस्तीमा विद्युत विस्तारको काम सकिएकाले त्यहाा जडान गर्न आवश्यक परेर पुरानो ट्रान्सफर्मर राखेको बताएका छन् । उक्त ट्रान्सफर्मर सुरक्षित रूपमा राखिएको र र्याङको बस्तीमा जडान गर्ने योजना रहेको उनले बताए । उक्त बस्तीमा पनि छिट्टै विद्युत् सेवा पुर्‍याउनुपर्ने भएकाले प्राधिकरणले प्रक्रिया अघि बढाएर ट्रान्सफर्मर जडान गरिदिन उनले आग्रह गरे ।

सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
19h ago
डिजिटल भुक्तानी सेवा विस्तार गर्न सिद्धार्थ बैंक र भिसाबीच रणनीतिक सम्झौता

डिजिटल भुक्तानी सेवा विस्तार गर्न सिद्धार्थ बैंक र भिसाबीच रणनीतिक सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले रणनीतिक सम्झौता भएको छ । सम्झ...

#विस्तार
Compare →
Arthasansar
1d ago
नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड...

#विस्तार
Compare →
Bizshala
1d ago
विद्युत चुहावट नियन्त्रणमा सरकारलाई सफलता, लक्ष्यभन्दा तल झर्‍यो चुहावट दर

विद्युत चुहावट नियन्त्रणमा सरकारलाई सफलता, लक्ष्यभन्दा तल झर्‍यो चुहावट दर

काठमाण्डौ । सरकारले विद्युत चुहावट नियन्त्रणमा निर्धारित लक्ष्य हासिल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...

#विद्युत
Compare →
Nagarik News
1d ago
विद्युत चुहावट १२.१६ प्रतिशतमा सीमित

विद्युत चुहावट १२.१६ प्रतिशतमा सीमित

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो।

#विद्युत
Compare →
Onlinekhabar
6d ago
युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार र निर्यात प्रवर्द्धनमा जोड

युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार र निर्यात प्रवर्द्धनमा जोड

८ मंसिर, काठमाडौं । नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्यसहित युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र लगानी आकर्षण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ । उद्योग, वाणिज्य तथा …

#विस्तार
Compare →

Related Stories

National (Nepal)
Build #2639