Trending
Prev Story
Next Story

युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार र निर्यात प्रवर्द्धनमा जोड

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
20
20 reads 0 reactions

८ मंसिर, काठमाडौं । नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्यसहित युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र लगानी आकर्षण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ । उद्योग, वाणिज्य तथा …

युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार र निर्यात प्रवर्द्धनमा जोड

८ मंसिर, काठमाडौं । नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्यसहित युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र लगानी आकर्षण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र युरोपेली राजदूत चाल्र्स ह्वाइटलीबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र युरोपबीचको व्यापारिक सम्बन्ध विस्तार तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको हो ।

भेटका क्रममा नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई युरोपेली बजारसँग प्रत्यक्ष जोड्ने विषयमा विशेष जोड दिइएको छ ।

त्यसैगरी, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातका नयाँ सम्भावना पहिचान गर्ने तथा नेपालमा युरोपेली लगानी भित्र्याउने वातावरण निर्माण गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।

उक्त छलफलले आगामी दिनमा नेपाल र युरोपबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2d ago
खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

किसानका आवश्यकता र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि कार्यक्रमका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उनको धारणा छ

#उत्पादन #जोड
Compare →
Arthasansar
4h ago
नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड...

#विस्तार #जोड
Compare →
Bizshala
2d ago
सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी...

#विस्तार
Compare →
Hamro Patro News
1h ago
मौसम अनुकूल हुँदा म्याग्दीमा बढ्यो धान उत्पादन

मौसम अनुकूल हुँदा म्याग्दीमा बढ्यो धान उत्पादन

म्याग्दी- यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ। अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा असिनाले क्षति नगरेका कारण धान उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ। ...

#उत्पादन
Compare →
Nagarik News
5h ago
आफ्नो खेत बाँझै, विदेशी उत्पादनले भरिँदै नेपाली भान्सा

आफ्नो खेत बाँझै, विदेशी उत्पादनले भरिँदै नेपाली भान्सा

भन्सार विभागको तथ्याङ्कअनुसार उक्त अवधिमा तरकारी तथा कन्दमूलजन्य वस्तु आयातमा १५ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ।

#उत्पादन
Compare →

Related Stories

Business & Economy
Build #2625