Trending
Prev Story
Next Story

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

Nagarik News •
October 23, 2026 • 07:20 AM
1
1 reads 0 reactions

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्तिआणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गरेका छन्। उनले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताएको स्मरण गराए। उनले म्याक्रोनलाई आफ्नो भनाइ स्पष्ट राख्न आग्रह गर्दै इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको दाबीप्रति प्रश्न उठाए।

अराघचीले आफ्नो पोस्टसँगै म्याक्रोनले सन् २०१८ को अप्रिलमा अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गरेको तस्बिर पनि साझा गरेक छन्। उक्त सम्बोधनमा म्याक्रोनले सन् २०१५ को सम्झौता कायम राख्नुपर्ने धारणा राख्दै त्यसलाई इरानको आणविक कार्यक्रम अनुगमन र नियमन गर्ने अन्तर्राष्ट्रिय ढाँचाका रूपमा प्रस्तुत गरेका थिए।

सन् २०१५ जुलाई १४ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत, अमेरिका र युरोपेली सङ्घको सहभागितामा संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए) सम्झौता भएको थियो। यसको उद्देश्य इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा सीमित रहेको सुनिश्चित गर्नु थियो।

यसै साता अल जजिरासँगको कुराकानीमा म्याक्रोनले फ्रान्सले इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको बताएका थिए। यही अभिव्यक्तिलाई लिएर अराघचीले उनको आलोचना गरेका हुन्।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोतमा दबाब बढाउने नीति जारी रहने बताएका छन्। इरानी नेतृत्वको गतिविधिमा सहयोग पुर्याउने आर्थिक माध्यमहरू बन्द नगरेसम्म अमेरिकी प्रशासन पछि नहट्ने उनको भनाइ छ। उनले इरानको आर्थिक स्रोतमा दबाब बढाउँदै युद्ध सञ्चालनमा सहयोग गर्ने वित्तीय माध्यमसमेत रोक्ने नीति कायम रहने बताएका छन्।

प्रकाशित: ६ कार्तिक २०८३ १३:०५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
इरानका आणविक केन्द्रमा निरीक्षण गर्न दिन आईएईएको आग्रह

इरानका आणविक केन्द्रमा निरीक्षण गर्न दिन आईएईएको आग्रह

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले आफ्ना निरीक्षकहरूलाई इरानका प्रमुख आणविक केन्द्रमा पुनः पहुँच दिन आवश्यक कदम चाल्न इरानलाई आग्रह गरेको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनमा निर...

#आणविक #इरान
Compare →
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#आणविक #इरान
Compare →
Onlinekhabar
4d ago
ट्रम्पलाई चुनावी धक्का लागेपछि इरान खुसी, अराघचीले के भने ?

ट्रम्पलाई चुनावी धक्का लागेपछि इरान खुसी, अराघचीले के भने ?

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्तामा कुनै प्रगति नभएको बताएका छन् । गत साता अमेरिकामा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको धक्कापछि वासिङ्टनको धारणा परिवर्तन हुने हो कि भन्ने प्रतीक्षामा इरान रहेको उनको भनाइ छ …

#अराघची #इरान
Compare →
Ekantipur
5d ago
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ

#आणविक #इरान
Compare →
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#आणविक #इरान
Compare →

Related Stories

World News
Build #2611