Trending
Prev Story
Next Story

उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो । ‘उखुको मूल्य निर्धारणमा …

उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो ।

‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

यस्तै, उखुको मूल्य निर्धारण गर्दा उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता कांग्रेसको रहेको विज्ञप्तिमा उल्लेख छ । ‘यस सन्दर्भमा उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन समेत यो बैठक माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, मंगलबारबाट सुरु भएको बैठकमा बुधबार ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कार्यवाहक मुख्यसचिव दुलालले जनाएका छन् । उनका अनुसार बैठक भोलि पनि जारी रहने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग

उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे नि...

#उखु #किसान #कांग्रेस
Compare →
Nagarik News
1h ago
कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहित ६ महिला मनोनीत, उखुको मूल्य तत्काल तोक्न माग

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहित ६ महिला मनोनीत, उखुको मूल्य तत्काल तोक्न माग

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानको बाँकी भुक्तानी अविलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

#उखु #केन्द्रीय #कांग्रेस
Compare →
Bizshala
2d ago
पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन्  किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन् किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

काठमाण्डौ । परम्परागत खेतीपातीमा निर्भर इलामको कन्यामका किसान पछिल्लो समय पर्यटन व्यवसायबाट राम्रो आम्दानी गर्न...

#किसान
Compare →
Ekantipur
2d ago
बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याम बाँदरबाट जोगाउन नसकेपछि किसान समय अगावै बाली भित्र्याउन बाध्य भएका हुन् ।

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2625