Trending
Prev Story
Next Story

पूर्वआईजीपी कार्कीलाई महान्यायाधिवक्ता कँडेलको सुझाव: बढुवा गरिएको हो, लड्डु बाढ्नुहोस्

Nagarik News •
November 25, 2026 • 09:26 AM
10
10 reads 0 reactions

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको नभई बढुवा गरेर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको दाबी गरेका छन्।

पूर्वआईजीपी कार्कीलाई महान्यायाधिवक्ता कँडेलको सुझाव: बढुवा गरिएको हो, लड्डु बाढ्नुहोस्

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको नभई बढुवा गरेर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको दाबी गरेका छन्।

कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गरिएको भन्दै उनले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा कँडेलले यस्तो तर्क गरेका हुन्।

बहसका क्रममा कँडेलले सरकारले विशेष सल्लाहकारको आवश्यकता महसुस गरेर असल नियतका साथ कार्कीलाई उक्त जिम्मेवारी दिएको बताए। उनले कार्कीलाई बढुवा गरिएको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने जिकिर गर्दै खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा अदालतमा मुद्दा लिएर आउनु उपयुक्त नभएको टिप्पणी गरे।

कँडेलले मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर गरिएको रिटमा निर्णय गर्ने पक्षलाई नै विपक्षी नबनाइएको भन्दै रिट प्रारम्भिक चरणमै खारेज हुनुपर्ने मागसमेत गरे।

बहसका क्रममा न्यायाधीश नृपध्वज निरौलाले सरकारको निर्णय आत्मगत हो वा वस्तुगत भन्दै प्रश्न गरेका थिए। जवाफमा महान्यायाधिवक्ता कँडेलले निर्णय असल नियतका साथ गरिएको दाबी गरे।

त्यसैगरी, कार्कीलाई पदबाट नहटाई प्रमुख सुरक्षा सल्लाहकारका रूपमा मात्रै खटाइएको भन्ने सरकारी पक्षको तर्कमाथि न्यायाधीश निरौलाले आईजीपी पद कसरी रिक्त भयो भनी प्रश्न गरेका थिए।

जवाफमा कँडेलले कार्कीलाई बढुवा गरी सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि रिक्त भएको आईजीपी पदमा डा. मनोजकुमार केसीलाई नियुक्त गरिएको बताए।

महान्यायाधिवक्ता कँडेलले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न नहुने भन्दै तीनवटा आधार प्रस्तुत गरेका छन्।

उनका अनुसार पहिलो, रिट निवेदनमा सरकारको निर्णय गर्ने पक्षलाई विपक्षी बनाइएको छैन। दोस्रो, सरकारी निर्णय कार्यान्वयन भइसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्न नमिल्ने उनको तर्क छ। यसका लागि उनले पूर्वएआईजी विश्वराज पोखरेलको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई नजिरका रूपमा प्रस्तुत गरे।

तेस्रो, सरकारको निर्णय कार्यान्वयन तथा शान्ति सुरक्षा कायम राख्न पनि तत्काल अन्तरिम आदेश जारी गर्न नहुने कँडेलको जिकिर छ।

यस रिटमाथिको सुनुवाइका क्रममा सरकारी पक्षले सरकारको निर्णयको बचाउ गर्दै अन्तरिम आदेश जारी नगर्न सर्वोच्च अदालतसमक्ष माग गरेको हो।

प्रकाशित: ९ मंसिर २०८३ १५:११ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5h ago
सर्वोच्चमा महान्यायाधीवक्ताको तर्क- 'दानबहादुर कार्कीलाई पुरस्कार दिइएको हो'

सर्वोच्चमा महान्यायाधीवक्ताको तर्क- 'दानबहादुर कार्कीलाई पुरस्कार दिइएको हो'

सरकारले बर्खास्त नगरेको जिकिर गर्दै महान्यायाधीवक्ता नारायण कँडेलले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउनु बढुवा र सम्मान भएको दाबी गरे।

#कार्की #कँडेल #सल्लाहकार
Compare →
Hamro Patro News
1w ago
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं– निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि आदेश आउन ब...

#कार्की #पूर्वआईजीपी
Compare →
Onlinekhabar
5d ago
दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो

दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो

९ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकबाट गैरकानूनी रुपमा हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार दुवै पक्षको छलफल सकिएको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिट निवेदक कार्कीका कानून व्यवसायी, …

#कार्की
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#कार्की
Compare →
Bizshala
1w ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#कार्की
Compare →

Related Stories

Politics & Governance
Build #2625