Trending
Prev Story
Next Story

संघीयताको स्पष्ट व्याख्या र अधिकार बाँडफाँट आवश्यक: मुख्यमन्त्री कार्की

Ekantipur •
October 13, 2026 • 12:03 PM
1
1 reads 0 reactions

संविधानले दिएको जिम्मेवारी स्पष्ट नभएसम्म प्रदेश संरचनाको औचित्य पुष्टि गर्न नसकिने भन्दै उनले कामबाट संघीयता बलियो बनाउन आग्रह गरे।

संघीयताको स्पष्ट व्याख्या र अधिकार बाँडफाँट आवश्यक: मुख्यमन्त्री कार्की

संविधानले दिएको जिम्मेवारी स्पष्ट नभएसम्म प्रदेश संरचनाको औचित्य पुष्टि गर्न नसकिने भन्दै उनले कामबाट संघीयता बलियो बनाउन आग्रह गरे।

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संवैधानिक अधिकारको स्पष्ट व्याख्या र तीनै तहका सरकारबीच अधिकार बाँडफाँटमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन्।

विराटनगरमा जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधनका क्रममा उनले संघीयताको अभ्यास सुरु भएको नौ वर्ष पुगिसक्दा पनि संवैधानिक अधिकार बाँडफाँटमा समस्या रहेको उल्लेख गर्दै संविधानमा संघीयताको अवस्थालाई ‘कलर ब्लाइन्ड’ जस्तो बनाइएको टिप्पणी गरे। संघीयता कार्यान्वयन गर्ने हो भने संविधानमा व्यवस्था गरिएका अधिकार र जिम्मेवारीको स्पष्ट व्याख्या हुनुपर्ने उनको भनाइ छ।

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आलोचना गर्ने मञ्च नभएको उल्लेख गर्दै कार्कीले प्रदेश सरकारले गरेका राम्रा अभ्यास र कमजोरी दुवैबारे समीक्षा गरिनुपर्ने बताए। ‘अधिकार मात्रै माग्ने तर आफूले गरेका कामको समीक्षा नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘हामीले गरेका कमजोरीबारे पनि छलफल हुनुपर्छ।’

सम्मेलनबाट प्रदेशहरूबीच साझा धारणा निर्माण गरी त्यसका आधारमा उपयुक्त नीति बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई प्रदेशहरूको साझा एजेन्डा बनाउनुपर्नेमा जोड दिँदै कार्कीले लागूऔषध दुर्व्यसनको बढ्दो समस्या नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। समयमै दुर्व्यसन नियन्त्रण गर्न नसके अवस्था विकराल बन्न सक्ने उनको भनाइ छ।

प्रदेश संरचनालाई ‘सेतो हात्ती’ भन्ने गरिएको उल्लेख गर्दै उनले प्रदेशको औचित्य कामबाट पुष्टि गर्नुपर्ने बताए। राष्ट्रिय पुँजी निर्माणमा मुलुक कमजोर रहेको टिप्पणी गर्दै उनले कृषि र पर्यटन क्षेत्रको विकासमार्फत राष्ट्रिय पुँजी निर्माणमा योगदान गर्न सकिने धारणा राखे।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#मुख्यमन्त्री #कार्की
Compare →
Hamro Patro News
3d ago
नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् नेपालीहरूको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको बताउनुभएको छ । नेपाल संवत्को नयाँ बर्ष ११४७ अवसरमा सम्पूर्ण ने...

#मुख्यमन्त्री #कार्की
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री
Compare →
Onlinekhabar
4d ago
संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

२३ कात्तिक, काठमाडौं । संविधानत : नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको एक दशकभन्दा बढी भइसकेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’को नारा लगाउँदै संविधान निर्माताले राज्यशक्तिलाई संघ, प्रदेश र स्थानीय तहमा बाँडे । तर यसको व्यवहारिक …

#अधिकार
Compare →

Related Stories

National (Nepal)
Build #2612