Trending
Prev Story
Next Story

भित्री वस्त्र देखाउने फेसन, ‘टप’का रूपमा ‘ब्रा’ को ब्रान्डिंग

Ekantipur •
October 01, 2026 • 02:23 PM
1
1 reads 0 reactions

परम्परागत रूपमा ब्रालाई लुगाभित्र लुकाएर लगाइने भए पनि अहिले यसलाई टपका रूपमा लगाउने एउटा स्थापित ट्रेन्ड बनिसकेको छ ।

भित्री वस्त्र देखाउने फेसन, ‘टप’का रूपमा ‘ब्रा’ को ब्रान्डिंग

परम्परागत रूपमा ब्रालाई लुगाभित्र लुकाएर लगाइने भए पनि अहिले यसलाई टपका रूपमा लगाउने एउटा स्थापित ट्रेन्ड बनिसकेको छ ।

काठमाडौँ — पेरिस फेसन वीकमा रिहानादेखि एमटीभी भिडियो म्युजिक अवार्ड्समा टाइलासम्मका चर्चित सेलिब्रेटीहरूले ब्रालाई भित्री वस्त्रका रूपमा भन्दा पनि एउटा पूर्ण पोशाकका रूपमा प्रस्तुत गरेका थिए । कतिपयले ब्रालाई सीधा स्कर्ट वा ट्राउजरसँग मात्र लगाएका छन् भने कतिपयले खुला सर्ट, ब्लेजर वा ज्याकेटभित्र ब्रा देखाएर नयाँ लुक्स दिन थालेका छन् ।

फेसन शोमा चम्किने क्रिस्टल बालकोनेट ब्रादेखि पार्क रनमा पुरुषहरूले लगाउने ‘म्यानकिनी’ सम्म, पछिल्लो समय आफ्ना भित्री वस्त्र (अन्डरवेयर) देखाउने फेसनको नयाँ लहर चलेको छ । हालैका फेसन शोहरूमा ‘फेन्डी’का मोडलहरूले मिल्दाजुल्दा स्कर्ट र ब्रा मात्र लगाएर र्‍याम्पमा उत्रिए । जहाँ ब्रालाई नै ‘टप्स’ वा मुख्य पोशाकका रूपमा प्रस्तुत गरिएको थियो ।

परम्परागत रूपमा ब्रालाई लुगाभित्र लुकाएर लगाइने भए पनि अहिले यसलाई टपका रूपमा लगाउने एउटा स्थापित ट्रेन्ड बनिसकेको छ । सुरुमा खुला सर्टभित्रबाट ब्राको केही भाग मात्र देखिने गरी सुरु भएको यो फेसन अहिले सर्ट नै हटाउने स्थितिमा पुगेको छ । अहिले ट्युब ब्रा, ब्यान्डेज ब्रा र ब्रालेटजस्ता विभिन्न प्रकारका भित्री वस्त्रहरूलाई बाहिरी पोशाकका रूपमा नयाँ ढाँचामा ढालिंदै छ ।

‘ब्रालाई लुकाएर लगाउने वा थोरै मात्र देखिने गरी लगाउने (पीकाबु) फेसन अब पुरानो भइसक्यो’ वुमनस वेयर डेलीकी फेसन समीक्षक म्याग्गी क्लान्सी भन्छिन् , ‘अहिले सेलिब्रेटीहरूले ब्रालाई भित्री वस्त्रका रूपमा भन्दा पनि एउटा पूर्ण पहिरनका रूपमा प्रस्तुत गरिरहेका छन् । कुनै समय टी–सर्टलाई पनि इनर वेयरका रूपमा हेरिन्थ्यो तर आज सर्वव्यापी बाहिरी पहिरन बनेको छ । त्यसैले टप्सका रूपमा ब्रा पनि यस्तै एउटा प्रयोग हो ।’ त्यसैगरी, यस फेसनका अग्रणी डिजाइनर स्यान्डी लियाङदेखि काइट, मियुचिया प्राडा टपका रूपमा ब्रालाई रोज्नु भनेको आफ्नो आत्मविश्वास झल्काउनु ठान्छन् । ‘द टाइम्स’ले पनि बुधबार मात्र ‘के अब ब्रा टप भएको हो ? त्यस्तै देखिन्छ’ शीर्षकमा फिचर गरेको छ ।

अर्कोतर्फ, पुरुषहरूमा पनि ‘युनिटार्ड’ को लोकप्रियता बढ्दो छ । व्यावसायिक खेलाडीहरूले प्रयोग गर्ने एकै थानको ‘स्पीडसुट’ अहिले सामान्य धावकहरूसम्म पुगेको छ । व्यावसायिक स्तरमा यस्ता सुटले प्रदर्शन सुधार्न मद्दत गरे पनि सामान्य पार्क रनमा यसले दौडने समय खासै घटाउँदैन ।

त्यसो भए पुरुषहरू किन यस्ता पोशाक लगाउँदै छन् ? ‘यो लगाउनका लागि तपाईंमा अलिकति हिम्मत वा आँट हुनुपर्छ,’ एक एमेच्योर म्याराथन धावकले द वाल स्ट्रिट जर्नललाई भने, ‘र मलाई लाग्छ, ममा त्यो हिम्मत छ ।’

सडकमा भित्री वस्त्रमै हिंड्दा आधुनिक महसुस हुन्छ भने कसैलाई दोष दिन सकिंदैन । वास्तवमा, भित्री वस्त्रलाई बाहिरी पोशाकका रूपमा प्रयोग गर्ने अवधारणा नयाँ भने होइन । टी–सर्ट पनि कुनै समय भित्री वस्त्रकै रूपमा मात्र हेरिन्थ्यो भन्ने कुरा बिर्सनु हुँदैन ।

हालैका वर्षहरूमा रेड कार्पेटहरूमा पारदर्शी (सियर) गाउनभित्र थोरै वा केही पनि नलगाउने ‘नेकेड ड्रेसिङ’ को बाहुल्यता हुन थालेको छ । गत आइतबार सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) मा भने कलाकारहरूले यसलाई अलिक फरक ढंगले प्रस्तुत गरे । त्यहाँ परम्परागत रूपमा भित्री वस्त्रका रूपमा प्रयोग हुने ‘ब्रा’ मुख्य पहिरनका रूपमा केन्द्रमा देखियो ।

भीएमएमा गायिका टाइला नीलो ‘स्नेकस्किन’ ब्रामा देखिएकी थिइन् भने जोजोले क्रिस्टलले सजिएको ब्रा लगाएकी थिइन् । ‘यो फेसनप्रति कुनै अन्योल वा दोधार छैन । यहाँ ब्राले नै पूर्ण रूपमा मुख्य टप वा सर्टको काम गरिरहेको छ’ एमटीभी भीएमएमा आफ्नो फेसन बारे नाइजेरियाली गायिका टाइलाले भनेकी थिइन् ।

सेन्ट लोरेन्टको मखमली पोशाकमा सजिएकी चार्ली एक्ससीएक्स बाहेक अन्य कलाकारका पहिरन पूर्ण रूपमा परम्परागत ब्रा नै थिए । उक्त अवार्ड्स समारोहमा टाइला मात्र होइन, अन्य धेरै सेलिब्रेटीहरू पनि यस्तै शैलीमा देखिएका थिए । सेन्ट लोरेन्टको टपमा सजिएकी चार्ली एक्ससीएक्स, गायिका जोजो, ‘के–पप डिमन हन्टर्स’ स्टार रेई आमी र ‘समर हाउस’ स्टार सिएरा मिलर सबै ब्रा–टप सुटमा सजिएर पुगेका थिए ।

चार्लीको फेसन स्टाइलिस क्रिस होरानले उक्त फेसनबारे भनेका थिए, ‘हामीले फ्रान्सेली लक्जरी फेसन हाउस सेन्ट लोरेन्टको सन् २०१७ को ‘रेडी–टु–वेयर’ कलेक्सनबाट प्रेरणा लिएर यो ब्रा–टप डिजाइन गरेका हौं ।’

त्यसैगरी, प्राडाको फेसन शोमा डिजाइनर मियुचिया प्राडा र राफ साइमन्सले पनि स्कर्टका साथै ब्राका विभिन्न डिजाइनहरू प्रस्तुत गरेका थिए । त्यहाँ डिप–स्कुप ब्रा, मिनी ट्युब टप र रेशमी चमक भएका ब्रालेटहरू प्रदर्शन गरिएका थिए ।

बाहिरै देखिने गरी ब्रा लगाउने यो फेसन पहिलोपटक सन् १९९० र २००० को दशकको सुरुवातमै लोकप्रिय भएको थियो । त्यस बेला डेस्टिनिज चाइल्डका सदस्यहरू बेयोन्से, केली रोल्यान्ड र मिशेल विलियम्सका साथै ग्वेन स्टेफनी र सारा जेसिका पार्करजस्ता चर्चित सेलिब्रेटीहरू ब्रा र स्कर्टको सेटमा रेड कार्पेटमा देखिने गर्थे ।

सन् १९९१ को कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा म्याडोनाले आफ्नो कोट खोलेर जीन पल गल्टियरले डिजाइन गरेको प्रसिद्ध ‘कोन ब्रा’ सार्वजनिक गरेपछि यो शैली उनीसँग जोडिन पुगेको थियो । दुई दशकभन्दा बढी समयपछि ब्रा र स्कर्टले टिकटकमा चलेको क्षणिक ‘अफिस साइरन’ ट्रेन्ड र पछिल्लो समय महिलाहरूमाझ लोकप्रिय बनेको ‘स्लिप स्कर्ट’ वा ड्रेसको मोहलाई सम्झाउँछ ।

भित्री वस्त्रलाई पोशाकभित्रबाट थोरै देखाउने (पिकाबु) ट्रेन्ड पुरानै भए पनि अहिले ब्रालाई नै मुख्य टप वा सर्टका रूपमा लगाउने फेसनले हलिउड र फेसन जगत् गर्माएको छ । हालै सम्पन्न फेसन शो, रेड कार्पेट र स्प्रिङ २०२७ का रनवेहरूमा सर्टको सट्टा ब्रा मात्र लगाएका मोडल तथा सेलिब्रेटीहरूको बाहुल्य देखियो ।

पिसिस फेसन वीकको पहिलो दिन ‘म्याटिएर फेकाल्स’ को स्प्रिङ २०२७ शोमा सहभागी हुन पुगेकी चर्चित गायिका रिहानाले यस फेसनको पछिल्लो उदाहरण प्रस्तुत गरेकी थिइन् । उनले ट्रयाक्सचर्ड स्कर्ट सुटभित्र कुनै सर्ट नलगाई केवल पारदर्शी कालो ब्रा मात्र लगाएकी थिइन् । त्यसअघि फेरागामोको पारदर्शी कालो ब्लाउजभित्र कालो ब्रा लगाएर उनी पेरिसमै देखिएकी थिइन् ।

मिलान फेसन वीक सुरु हुनुअघि नै पप गायिका जेनिफर लोपेज पनि सेप्टेम्बर २१ मा कालो ब्रालेट र हाइ–वेस्ट र्ट्याउजरमा मिलान पुगेकी थिइन् । गएको गर्मीयामदेखि नै ब्रालाई बाहिरी पोशाकका रूपमा लगाउने क्रम सुरु भइसकेको थियो । जुलाईमा अभिनेत्री आन्या टेलर–जोय न्युयोर्कमा बाल्मेनको गुलाबी साटन ब्रा, अगाडि खुला रहेको ओलिभ कार्डिगन र पेन्सिल स्कर्टमा देखिएकी थिइन् । त्यस्तै अभिनेत्री क्रिस्टेन स्ट्युअर्टले चानेलको सुटभित्र कालो ट्रयांगल ब्रा र काया गर्बरले गुच्चीको ब्रालेटसँग पारदर्शी स्कर्ट लगाएकी थिइन् ।

अहिले फेसन मन्थमा आएर यसको प्रयोग निकै बाक्लो बनेको छ । गएको गर्मी याममा बिकीनीलाई टपका रूपमा प्रयोग गर्ने शैली व्यापक बनेको थियो । अब भने त्यसको ठाउँ पारम्परिक टपहरूलाई विस्थापित गर्दै ‘ब्रा’ र ‘ब्रालेट’ ले लिने निश्चित देखिएको छ । जाडोयाम सुरु भएसँगै ब्रा पुनः भित्री वस्त्रकै रूपमा फर्कने सम्भावना भए पनि आउँदो ‘स्प्रिङ’मा भने यो ‘ब्रा–ओन्ली’ फेसन ट्रेन्ड प्रयोगमा आउन सक्छ ।

लोकप्रिय सिरिज ‘अफ क्याम्पस’ मा हन्ना (एला ब्राइट) ले ‘पुश–अप ब्रा’ र बाहिरै देखिने फराकिलो स्ट्रयाप भएका ब्रा लगाएको दृश्यदेखि न्युयोर्क फेसन वीकको ‘स्प्रिङ–समर २०२७’ को रनवेसम्म ब्रा फेसनको मुख्य आकर्षणका रूपमा पुनः फर्किएको छ । न्युयोर्क फेसन वीकमा १५ भन्दा बढी रनवेहरूले कुनै न कुनै रूपमा ब्रालाई प्रस्तुत गरे । आकर्षक लन्जरी (भित्री वस्त्र) लाई प्राथमिकता दिएका थिए ।

बाहिर देखिने गरी ब्रा लगाउनका लागि ‘लेयरिङ’ (तह–तह बनाएर लगाउने) लाई सबैभन्दा सुरक्षित र सहज तरिका मानिन्छ । निकै तलसम्म झरेको (लो नेकलाइन) को ब्लाउज वा ओभरसाइज्ड ब्लेजरभित्र लेस ब्रालेट लगाउने, पारदर्शी वा क्रोसेट कपडाभित्र प्याडेड ब्रा प्रयोग गर्ने अथवा टपभित्रबाट ब्राका रंगीचंगी स्ट्रयाप्स देखाउने शैली यस याममा लोकप्रिय बनेको छ ।

विशेष गरी वसन्त तथा गर्मी यामका लागि डिप भी–नेक ब्रा र लङलाइन ब्रालेटहरूलाई सजिलै ‘फक्स क्रप टप’ का रूपमा प्रयोग गर्न सकिन्छ । सामान्य वा सादा ब्राको सट्टामा विशेष प्रिन्ट वा धेरै स्ट्रयाप भएका डिजाइनहरू रोजेर यसलाई अझ आकर्षक बनाउन सकिने फेसन विज्ञहरूको भनाइ छ ।

फेसन डिजाइनरहरूले ब्रालाई केवल भित्री वस्त्रमा मात्र सीमित नराखी हाइ–वेस्ट प्यान्ट, सुट वा स्कर्टसँग टप वा मुख्य पोशाकका रूपमा संयोजन गरेर नयाँ लुक्स दिइरहेका छन् । यस ट्रेन्डलाई आधुनिक फेसनमा व्यक्तिगत स्वतन्त्रता, आत्मविश्वास र फेसन प्रयोगका रूपमा हेरिने गरिए पनि आम जीवनमा यो कत्तिको व्यावहारिक छ भन्नेबारे विभिन्न मतहरू रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको घोषणा, नौसैनिक नाकाबन्दी भने जारी

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको घोषणा, नौसैनिक नाकाबन्दी भने जारी

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको घोषणा, नौसैनिक नाकाबन्दी भने जारी ५ मिनेट अघि एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्...

#रूप
Compare →
Nagarik News
6d ago
ममता प्रकरणमा उषाकिरणको आक्रोश : छोरीलाई कमजोर वस्तुका रूपमा नहेर्नुस्

ममता प्रकरणमा उषाकिरणको आक्रोश : छोरीलाई कमजोर वस्तुका रूपमा नहेर्नुस्

महिलाले स्वाभिमानपूर्वक बाँच्न पाउने वातावरण बनाउनु समाजको दायित्व भएको र सुरक्षित रूपमा हुर्कने, पढ्ने तथा रोजगारी पाउने व्यवस्था गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।

#रूप
Compare →
Onlinekhabar
1w ago
पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको …

#फेसन
Compare →

Related Stories

World News
Build #2612