Trending
Prev Story
Next Story

बाढीपीडितलाई दु:खमाथि दु:ख: त्रिपाल पनि हावाहुरीले उडाएपछि बिचल्ली

Nagarik News •
November 24, 2026 • 12:54 PM
18
18 reads 0 reactions

हावाहुरीले त्रिपाल उडाएपछि चुमनुब्री गाउँपालिका-३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन्।

बाढीपीडितलाई दु:खमाथि दु:ख: त्रिपाल पनि हावाहुरीले उडाएपछि बिचल्ली

हावाहुरीले त्रिपाल उडाएपछि चुमनुब्री गाउँपालिका-३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन्।

बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री-३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो बताइन्।

उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेकी थिइन्। आफूजस्तै विस्थापित भएका अरू पाँच परिवार पनि त्रिपाल उडाएपछि विचल्लीमा परेको उनी बताउँछिन्।

बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उनको फेरि घरवास उठेको छ। ‘बिहान ३ बजेतिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो। फेरि बाढी आएछ कि भनेर उठेर बाहिर हेर्न गएँ। होइन रहेछ’, लालमाया भन्छिन्, ‘हावाहुरी चलेको रहेछ भनेर फेरि पालभित्र आएर सुतेँ। तर एकछिनपछि त्यही पाल पनि उडाएर लग्यो। हामीलाई फेरि खुला आकाशमुनि बनायो।’

राहतमा पाएको ओढ्ने, ओछ्याउने र लगाउने लुगाहरू पनि हावाहुरीले उडाएर विचल्ली बनाएको उनको दुखेसो छ। ‘हाम्रो चिल्लीबिल्ली भयो।’ भाँडाकुँडा र खाद्यान्न भने बाढीले क्षति नपुर्‍याएको एउटा घरमा राखेकाले सुरक्षित रहेको उनको भनाइ छ।

एक्कासि आएको हावाहुरीले जगतका तीन परिवार र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएको त्रिपाल उडाएको स्थानीय विशाल घलेले जानकारी दिए। उनीहरूलाई फेरि पुनःस्थापित गर्नुपर्ने अवस्थामा पुर्‍याएको उनको भनाइ छ।

हावाहुरीले धार्चे-५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको भवनको छाना पनि उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धार्चे-५ का दुई गाउँबस्तीमा, धार्चे-३ को उहियामा र चुमनुब्री-३ को जगत र सल्लेरीमा निजी आवास तथा विद्यालय भवनको छाना उडाएर बिचल्ली बनाएको प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए। जिल्लाभरि भएको हावाहुरीको प्रभावको तथ्यांक संकलन गरिरहेको उनले बताए। रासस

प्रकाशित: ८ मंसिर २०८३ १८:३९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

८ मङ्सिर, गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि …

#बाढी-पहिरो #त्रिपाल #हावाहुरी
Compare →
Hamro Patro News
22h ago
बाढीपीडितको पहिचान गर्न नेपाललाई अमेरिकाले दियो विशेष प्रविधि, एफबीआई पनि जोडियो

बाढीपीडितको पहिचान गर्न नेपाललाई अमेरिकाले दियो विशेष प्रविधि, एफबीआई पनि जोडियो

गत भदौमा आएको भीषण बाढीबाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई सहयोग गर्ने प्रतिबद्धता अमेरिकाले दोहोर्‍याएको छ। नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र नेपालका लागि अमेरिकी कार्य...

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Ekantipur
1d ago
गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो

गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो

असोजको बाढीबाट विस्थापित स्थानीयहरू मंगलबार बिहानदेखि चलेको भीषण हावाहुरीका कारण घरभित्रै बस्न बाध्य भएका छन्।

#हावाहुरी
Compare →
Bizshala
3d ago
४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

काठमाण्डौ । सन् १९८० मा दशरथ रंगशालामा प्रस्तुति दिएको जापानी ब्यान्ड गोडाइगो (GODIEGO) ४६ वर्षपछि नेपाली दर्शकमाझ फर्किँदैछ...

#बाढी-पहिरो #बाढीपीडित
Compare →

Related Stories

Science & Climate
Build #2625