Trending
Prev Story
Next Story

नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
19
19 reads 0 reactions

८ मंसिर, काठमाडौं । विश्व पर्यटन बजारमा नेपालको पहिचान साहसिक गन्तव्यका रूपमा अधिक छ । विभिन्न प्रवर्द्धनात्मक अभियानमा समेत हिमाल, पदयात्रा, जंगल सफारीजस्ता गतिविधि प्राथमिकता दिएर नेपाल चिनाइन्छ । यसबाहेक धार्मिक पर्यटक आकर्षित गर्ने गरी प्रवर्द्धन …

नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक

८ मंसिर, काठमाडौं । विश्व पर्यटन बजारमा नेपालको पहिचान साहसिक गन्तव्यका रूपमा अधिक छ । विभिन्न प्रवर्द्धनात्मक अभियानमा समेत हिमाल, पदयात्रा, जंगल सफारीजस्ता गतिविधि प्राथमिकता दिएर नेपाल चिनाइन्छ ।

यसबाहेक धार्मिक पर्यटक आकर्षित गर्ने गरी प्रवर्द्धन गरिन्छ । तर, पछिल्लो समय पर्यटन व्यवसायीले ‘नेपाल सधैंभरि, सबैका लागि’ भन्ने अभियान अन्तर्गत नयाँ–नयाँ गतिविधि मार्फत पर्यटक भित्र्याउन थालेका छन् । सोहीक्रममा अहिले नेपालको प्रकृतिले दृष्टिविहीन पर्यटक आकर्षित गर्न थालेका छन् ।

एडभेन्चर इन्टरनेसनल ट्रेकिङ प्रालिका सञ्चालक देवी पाण्डेका अनुसार दृष्टिविहीन पर्यटक अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने आवाजले नेपालमा रहेको अनुभूति गराउने गरेको छ ।

त्यसमाथि दक्ष गाइडले उनीहरू कहाँ छन्, आसपास के भइरहेको छ भन्ने कुराको जीवन्त बयान गर्छन् । जसले गर्दा दृष्टिविहीन पर्यटक समेत नेपालबाट नवीन अनुभूति र खुसीसहित फर्कने गरेको उनी बताउँछन् ।

पाण्डेले अहिले समूहमा युरोपेली देशबाट फरक क्षमताका पर्यटकलाई नेपाल घुमाउने अभियान चलाइरहेका छन् । यसरी आउने पर्यटकलाई काठमाडौं उपत्यकाका सांस्कृतिक तथा धार्मिक क्षेत्रको भ्रमण गराइन्छ ।

उनका अनुसार दृष्टिविहीन पर्यटकलाई पशुपतिनाथ मन्दिर दर्शन, बौद्धनाथ स्तूप भ्रमण, स्वयम्भूनाथ स्तूप भ्रमण, काठमाडौं दरबार स्क्वायर अवलोकन, ठमेलको पर्यटकीय बजारमा घुमफिर तथा किनमेल र भक्तपुरमा परम्परागत पोटरी (माटाका भाँडा बनाउने) अनुभव गराइन्छ ।

यसबाहेक नेपाल आउने दृष्टिविहीन पर्यटक नेपाली खाना तथा स्थानीय जीवनशैलीबाट समेत प्रभावित हुने गरेको पाण्डे बताउँछन् । उनका अनुसार पर्यटकलाई नेपाली म:म: बनाउने कार्यशाला, स्थानीय खाना बनाउने तथा स्वाद लिने अनुभव र स्थानीय संस्कृति र परम्परासँग नजिकबाट परिचित हुने अवसर प्रदान गरिन्छ ।

उनका अनुसार पोखरामा दृष्टिविहीन पर्यटकलाई प्राकृतिक तथा साहसिक अनुभव गराइन्छ । फेवातालमा डुङ्गा सयर, विश्व शान्ति स्तूपसम्म पदयात्रा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय भ्रमण र पोखराका विभिन्न गुफाहरूको भ्रमण गराइएको थियो ।

‘पदयात्रामा एक्लै हिँड्न मुस्किल हुन्छ, तर उहाँहरू गाइडले दिएको निर्देशन अनुसार छोटो हाइकिङ गर्न सक्नुहुन्छ’, पाण्डे भन्छन्, ‘किनकि, नेपाल आउने पर्यटक सामान्यतया निरन्तर घुमफिरमा निस्कने नै हुन् ।’

यसबाहेक पोखराबाट अन्नपूर्ण आधार शिविरसम्म हेलिकप्टर टुर तथा करिब २० देखि ३० मिनेटसम्म हिमाली वातावरणमा ताजा हावा र प्राकृतिक सौन्दर्यको अनुभव गराउने गरी दृष्टिविहीन पर्यटकलाई घुमफिरको अवसर प्रदान गरिएको छ ।

उनका अनुसार सामान्यतया कुन–कुन गतिविधिमा भाग लिने भन्ने विषय पर्यटकको रोजाइको विषय हो । तर, दृष्टिविहीन पर्यटक हिमालको चिसो हावा, प्रकृतिको आवाज र स्पर्शबाट बढी प्रभावित हुने गर्छन् । त्यसमाथि नेपाली स्वादले पर्यटकलाई प्रभावित बनाउँछ ।

पर्यटकलाई चितवनको वन्यजन्तु तथा जंगल अनुभवको समेत सुविधा दिने गरिएको छ । उनका अनुसार जिपमार्फत चितवन राष्ट्रिय निकुञ्ज जंगल सफारी, डुङ्गा (क्यानोइङ) मार्फत नदी तथा वन्यजन्तुको वातावरण अनुभव र हात्ती संरक्षण केन्द्रको भ्रमण तथा हात्तीबारे जानकारी गराइएको थियो ।

त्यस्तै दृष्टिविहीन पर्यटकको एक टोली नेपाल भ्रमणबाट फर्किसकेको र अन्य टोली आउने क्रममा छ । यी सम्पूर्ण गतिविधि आवश्यक सहयोग र व्यवस्थापन सहित सम्पन्न गरिएको उनी बताउँछन् ।

‘उहाँहरूले विभिन्न स्थानको वातावरण, आवाज, स्पर्श, स्वाद र स्थानीय गाइडको वर्णन मार्फत नेपाललाई नजिकबाट अनुभव गर्दै निकै खुसी व्यक्त गर्नुभएको छ,’ पाण्डेले भने ।

उनका अनुसार यो भ्रमणले नेपालमा दृष्टिविहीन तथा फरक क्षमता भएका पर्यटकका लागि पर्यटनको ठूलो सम्भावना रहेको देखाएको छ । ‘पर्यटन भनेको आँखाले दृश्य हेर्नुमात्र होइन, प्रकृतिको आवाज सुन्नु, स्थानीय खानाको स्वाद लिनु, विभिन्न कला र संस्कृति स्पर्श गर्नु तथा नयाँ अनुभव प्राप्त गर्नु पनि हो, समग्रमा अनुभूति हो,’ पाण्डे भन्छन् ।

यद्यपि, फरक क्षमता भएका पर्यटकमैत्री पहुँचयुक्त सार्वजनिक संरचना, आवश्यक सुविधा, तालिमप्राप्त गाइड र उचित व्यवस्थापनमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

‘नियमित पर्यटनले भन्दा समावेशी पर्यटनका गतिविधिले अन्तर्राष्ट्रिय बजारमा नेपालको नयाँ पहिचान स्थापित गर्न सक्छ,’ उनी भन्छन्, ‘विदेशी पर्यटक आगमन बढाउन, स्थानीय रोजगारी सिर्जना गर्न, पर्यटन व्यवसाय विस्तार गर्न र नेपालको राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।’

नेपालमा पर्यटन विकासका लागि राज्यस्तरबाटै परम्परागत पर्यटनभन्दा बाहिर सोच्नुपर्ने समय आएको उनी बताउँछन् । ‘फरक क्षमता भएका पर्यटकहरूलाई पनि पर्यटनको समान अवसर प्रदान गर्न सके नेपाल विश्वकै आकर्षक समावेशी पर्यटन गन्तव्य बन्न सक्छ,’ उनले भने ।

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन्  किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन् किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

काठमाण्डौ । परम्परागत खेतीपातीमा निर्भर इलामको कन्यामका किसान पछिल्लो समय पर्यटन व्यवसायबाट राम्रो आम्दानी गर्न...

#पर्यटक
Compare →
Hamro Patro News
2d ago
पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

इलाम । सूर्योदय नगरपालिका-७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडाको स्याहारसुसारबाट सुरु हुन्छ। बिहान उठ्नेबित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार...

#पर्यटक
Compare →
Nagarik News
3d ago
सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ।

#पर्यटक
Compare →
Ekantipur
3d ago
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

नाम्चे क्षेत्रमा रातको तापक्रम माइनसमा झर्न थालेपछि शरद् पर्यटन सिजन अन्त्यतिर पुगेको र पर्यटक तल्लो क्षेत्रमा फर्किन थालेका छन्।

#पर्यटक
Compare →

Related Stories

Science & Climate
Build #2625