इलाम । सूर्योदय नगरपालिका-७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडाको स्याहारसुसारबाट सुरु हुन्छ। बिहान उठ्नेबित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्ने उनको नियमित काम हो। त्यसपछि घोडा लिएर कन्याम बजार पुग्छन् र दिनभर पर्यटकलाई घोडामा चढाएर कन्याम तथा आसपासका क्षेत्र घुमाउँछन्। दिनभरको कमाइ लिएर साँझ घर फर्कन्छन्।
परम्परागत खेतीपाती गर्दै आएका तामाङका लागि घोडचढी व्यवसाय पछिल्लो समय आम्दानीको मुख्य स्रोत बनेको छ। यसबाट उनले दैनिक औसत तीन हजार रुपैयाँसम्म कमाइ गर्दै आएका छन्। “बिहानदेखि साँझसम्म घोडाको स्याहारसुसार गर्ने र पर्यटकलाई घोडामा चढाएर घुमाउने नै दैनिकी बनेको छ,” उनले भने, “दिनभरमा सरदर तीन हजार रुपैयाँसम्म कमाइ हुन्छ। घोडालाई दानापानी खुवाउन दैनिक एक हजार रुपैयाँ खर्च हुन्छ। बाँकी बचत हुन्छ।”
Read full story at source ( kendrabindu.com )