म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले गौरिया धान खेती र चामलको व्यापारबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली खेतीकिसानीलाई निरन्तरता दिएका भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरेका छन् ।
भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । उनले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया र जेठोबुढो जातको धान खेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको ७० मुरी धानमध्ये ६० मुरी आफ्नै खेतमा र १० मुरी अधियाँमा खेती गरेर प्राप्त गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )