Trending
Prev Story
Next Story

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम हुँदैछन्। निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। …

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम हुँदैछन्।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०:४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ।

बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। जसमा अयोध्या-जनकपुर रेल सेवा शुभारम्भ, प्रहरी एकेडेमी, एकीकृत जाँच चौकी लगायत परियोजनाको संयुक्त उद्घाटन हुनेछन् । अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गर्ने तयारी छ ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य, विकास साझेदारी तथा विभिन्न साझा चासोका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
47m ago
दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ

दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ

आफ्नो परिचित कालो चस्मा र कालै रङ्गको कोट, दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर राजकीय भ्रमणमा दिल्ली आएका नेपालका प्रधानमन्त्री बालेन शाहले हैदरावाद हाउसमा सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...

#बालेन-शाह #भ्रमण #दिल्ली
Compare →
Bizshala
7h ago
बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको पहिलो राजकीय भारत भ्रमणलाई प्रमुख भारतीय सञ्चारमाध्यमले आइतबार निरन्तर पछ्याए।...

#बालेन-शाह #भ्रमण #दिल्ली
Compare →
Nagarik News
14h ago
हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो बैंग्लुरको कक्षाकोठामा स्ट्रक्चरल इन्जिनियरिङ र भूकम्प प्रतिरोधी संरचनाको ज्ञान खोज्दै भविष्यको सपना बुनेका शाह आज नेपालको प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीको कूटनीतिक मञ्चमा उभिएका छन्।

#बालेन-शाह #भ्रमण #दिल्ली
Compare →
Arthasansar
17h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612