Trending
Prev Story
Next Story

सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

Nagarik News •
November 22, 2026 • 10:13 AM
3
3 reads 0 reactions

पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ।

सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ।

पूर्वाधार विकास र सहज सडक सञ्जाल विस्तार भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो।

विभिन्न कारणले प्रचार बढ्दै गएको चारराते क्षेत्रमा नेपाल र भारतबाट दैनिक ५०० जनासम्म पर्यटक यहाँ पुग्न थालेका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईले जानकारी दिए।

उनका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने चाररातेबाट हिमशृङ्खलाको दृश्यावलोकन, चौँरी तथा भेँडीगोठमा रमाउने अवसर, उच्च पहाडी क्षेत्रको अनुभव सङ्गाल्न पाइन्छ।

मनोरम प्राकृतिक वातावरणमा रमाउन सकिने भएकाले चाररातेमा अहिले सयौँको सङ्ख्यामा पर्यटक आइरहेका अध्यक्ष राईले बताए। उनका अनुसार अहिले फालेलुङको बाटो सहज भएकाले पनि दैनिक ३०० देखि ५०० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुगिरहेका छन।

यहाँ पर्यटक पुग्नुको अर्को कारण सूर्यास्त र हिमश्रृङ्खलाको आकर्षक दृश्यावलोकन पनि हो। ‘पूर्वमा धेरै ठाउँबाट सूर्योदय राम्रोसँग देख्न सकिन्छ’, पर्यटन व्यवसायीसमेत रहेका राईले भने, ‘तर, यहाँबाट सूर्योदयसँगै सूर्यास्त पनि स्पष्टसँग देख्न सकिने भएकाले पर्यटक आकर्षित भइरहेका छन्।’

उनका अनुसार नेपाल, सिक्किम (भारत) र भुटानका हिमालको दृश्यावलोकनका लागिसमेत चारराते क्षेत्र उपयुक्त मानिएको छ।

नयाँ वर्षका दिन आयोजना हुने चौँरी महोत्सव, यहाँ छायाङ्कन भएको ‘उनको स्वीटर’ चलचित्र, सामाचार सामग्री तथा युट्युब, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालबाट भएको डिजिटल प्रचारका कारण पर्यटक आकर्षित भइरहेका घरबास सञ्चालक डिल्लीहाङ केरुङले बताए।

अहिले चाररातेसहित यहाँ रहेको नेपालको झण्डा आकारको झण्डा पोखरी, जलजले पोखरी, भैँसे पोखरी पनि पर्यटकको आकर्षण बनिरहेका छन्।

समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित चाररातेमा पाँचथरको फिदिमबाट प्राङबुङ हुँदै पर्यटक पुग्न सक्छन् भने इलामको सन्दकपुरबाट पनि यहाँ पुग्न सकिन्छ।

नेपालतर्फबाट यस वर्ष अत्यधिक मात्रामा पर्यटक आएपछि स्थानीयवासी आर्थिक गतिविधि चलायमान हुने भन्दै उत्साहित भएका छन्।

घरबास सञ्चालक केरुङका अनुसार यहाँबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल स्पष्टसँग देख्न सकिन्छ। ‘ती दृश्य मोबाइल र क्यामेरामा नजिकैजस्तो गरी खिच्न सकिने हुँदा धेरै पर्यटक आकर्षित भइरहेका छन्। यस पटक बडादसैँ र तिहारको बिदा लामो भएकाले पनि फुर्सदको समयमा धेरै पर्यटक यहाँ पुगेका हुन्’, उनले भने।

सहज सडक पूर्वाधार विस्तार भएकाले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाट यहाँ पुग्न सकिने भएपछि पर्यटकको आगमन बढ्न थालेको केरुङको भनाइ छ। उनका अनुसार कात्तिक र मङ्सिर यस क्षेत्रको भ्रमणका लागि उपयुक्त यान मानिन्छ।

विगत केही वर्षदेखि भारतको विभिन्न क्षेत्रका पर्यटकसमेत नेपालको बाटो हुँदै यहाँ पुग्न थालेपछि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउने र स्वरोजगारका अवसर सिर्जना हुने आशा पलाएको स्थानीय बताउँछन्।

‘अहिले भारतको बाटो हुँदै धेरै पर्यटक आइरहेका छन्। तीमध्ये आधालाई मात्रै नेपालतर्फबाट लैजान सकियो भने जिल्ला सदरमुकामसहितका बजारमा पनि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउन सक्छ’, पर्यटन व्यवसायी राईले भने, ‘यसका लागि थप पूर्वाधार विकासमा जोड दिनुपर्छ।’

अहिले पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा व्यवस्थापनमा भने कठिनाइ हुने गरेको घरबास सञ्चालकको भनाइ छ।

सीमित घरबास र गोठबासमा पर्यटकलाई राख्नुपर्ने, खानेपानी र विद्युत् नियमित नहुने तथा वर्षा हुनासाथ सडक जोखिमपूर्ण हुने समस्याका कारण उचित व्यवस्थापनमा कठिनाइ भइरहेको घरबास सञ्चालक केरुङले बताए।

‘अहिले आएका पर्यटकलाई राम्रो सुविधा दिन नसक्दा गलत सन्देश जाने  जोखिम पनि उत्तिकै छ’, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष राईले भने, ‘यस क्षेत्रमा दीर्घकालीन रूपमा कसरी पर्यटक भित्र्याउने, स्वरोजगारका अवसर सिर्जना गर्ने र पर्यटन प्रवर्द्धनका योजना बनाउने भन्ने हाम्रो चिन्ता हो।’

सवारीसाधनको चाप बढ्नुका साथै फोहरमैला व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

हालै मात्र यस क्षेत्रमा ‘कलेजी उनको स्वीटर(२’ नामको नयाँ चलचित्रको छायाङ्कन भएको थियो। उक्त छायाङ्कनका लागि विपीन कार्की, मिरुना मगरलगायत कलाकार यहाँ आएपछि पर्यटक झनै आकर्षित भएका छन्।

यहाँ फुलेका बुकीलगायत फूलहरू, ठूला र फराकिला पाटनहरूमा पर्यटक रमाइरहेका पाउन सकिन्छ। रासस

प्रकाशित: ६ मंसिर २०८३ १५:५८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
पाँचथरको चाररातेमा पर्यटकको घुइँचो

पाँचथरको चाररातेमा पर्यटकको घुइँचो

• पाँचथरको चारराते क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको छ, जहाँ दैनिक सयौँ पर्यटक नेपाल र भारतबाट पुग्छन्। • यहाँको आकर्षणमा हिमशृङ्खलाको दृश्यावलोकन, चौँरी महोत्सव, र सामाजिक सञ्जालमा गरिएको प्रचा…

#चारराते #पर्यटक
Compare →
Ekantipur
4d ago
चितवन निकुञ्जमा स्वदेशी पर्यटकको ओइरो, विदेशी आगमनमा अपेक्षित सुधार भएन

चितवन निकुञ्जमा स्वदेशी पर्यटकको ओइरो, विदेशी आगमनमा अपेक्षित सुधार भएन

साउनदेखि कात्तिकसम्म ४५ हजार ३६८ नेपालीसहित ‍८४ हजार ५४ पर्यटकले चितवन निकुञ्ज भ्रमण गरेका छन्।

#पर्यटक #आगमन
Compare →
Onlinekhabar
3d ago
आहा ! चारराते (तस्वीरहरू)

आहा ! चारराते (तस्वीरहरू)

३ मंसिर, पाँचथर । पछिल्लो समय पाँचथरको फालेलुङ गाउँपालिकमा रहेको ‘चारराते’ आन्तरिक एवं भारतीय पर्यटकहरूको रोजाइमा परेको छ । समुद्र सतहदेखि ३ हजार ५ सय मिटर उचाइमा रहेको यहाँको प्राकृतिक सौन्दर्यताले आन्तरिकका साथै सीमापार भारतीय पर्यटकहरूलाई …

#चारराते #पर्यटक
Compare →
Bizshala
9h ago
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको लर्को, भित्रिनेभन्दा बाहिरिने दोब्बर बढी

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको लर्को, भित्रिनेभन्दा बाहिरिने दोब्बर बढी

काठमाण्डौ । हिमाली क्षेत्रमा चिसो बढ्दै गएसँगै सगरमाथा क्षेत्र (खुम्बु)बाट फर्किने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा...

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2612