Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुद: नेपालगन्जमा पौडी प्रतियोगिता सुरु

Ekantipur •
November 24, 2026 • 10:03 AM
11
11 reads 0 reactions

चार दिन चल्ने प्रतियोगितामा सात प्रदेश, विभागीय टोली र एनआरएनएसहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रिय खेलकुद: नेपालगन्जमा पौडी प्रतियोगिता सुरु

चार दिन चल्ने प्रतियोगितामा सात प्रदेश, विभागीय टोली र एनआरएनएसहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालगन्ज — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा सुरु भएको छ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगितामा ४६ प्रतिस्पर्धा समावेश छन् । तीमध्ये ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहेका छन् ।

प्रतियोगिता सञ्चालन, खेल व्यवस्थापन र प्राविधिक पक्षलाई प्रभावकारी बनाउन नेपाल पौडी सङ्घ र नेपालगन्ज स्विमिङ क्लबले समन्वय गरिरहेका छन् ।

प्राविधिक निर्देशक खड्काले यस पटक पौडी पोखरीमा अत्याधुनिक कोलोराडो टाइमिङ सिस्टमसहितको स्विमिङ टचप्याड जडान गरिएको जानकारी दिए। यसले खेलाडीले पूरा गरेको समयको मापनलाई थप सटीक र विश्वसनीय बनाउने उनले बताए।

नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग र समन्वय गर्ने प्रदेश खेलकुद सङ्घ, विभागीय टोली, एनआरएनए, खेलाडी, प्रशिक्षक, निर्णायक तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरे। प्रतियोगितामा पदक जित्ने खेलाडीले पाकिस्तानमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुद सागमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने नेपाल पौडी सङ्घले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु

दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु

दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गै...

#पौडी #खेलकुद #नेपालगन्ज
Compare →
Nagarik News
1d ago
दशौँ राष्ट्रिय खेलकुद : पौडीमा दुई राष्ट्रिय कीर्तिमान

दशौँ राष्ट्रिय खेलकुद : पौडीमा दुई राष्ट्रिय कीर्तिमान

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

#पौडी #खेलकुद
Compare →
Onlinekhabar
5d ago
१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा भइरहेको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छनु । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा तीन खेलाडीले राष्ट्रिय …

#पौडी #खेलकुद
Compare →

Related Stories

Sports
Build #2625