Trending
Prev Story
Next Story

लाहुरेको जुत्ता, हरिबहादुरको जुत्ता, फाटेको जुत्ता : नेपाली फिल्ममा जुत्तै-जुत्ता

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
12
12 reads 0 reactions

नेपाली समाजमा एउटा भनाइ छ, ‘जुत्ता हेरेर मान्छेको औकात थाहा हुन्छ ।’ यसको सोझो अर्थ, पैतालाले टेक्ने जुत्ताले मान्छेको उचाइ नाप्ने गरिन्छ । खासमा ‘जुत्ता’ एक बिम्ब हो । त्यसैले त यसको बारेमा कविता लेखिए, कथा …

लाहुरेको जुत्ता, हरिबहादुरको जुत्ता, फाटेको जुत्ता : नेपाली फिल्ममा जुत्तै-जुत्ता

नेपाली समाजमा एउटा भनाइ छ, ‘जुत्ता हेरेर मान्छेको औकात थाहा हुन्छ ।’ यसको सोझो अर्थ, पैतालाले टेक्ने जुत्ताले मान्छेको उचाइ नाप्ने गरिन्छ ।

खासमा ‘जुत्ता’ एक बिम्ब हो । त्यसैले त यसको बारेमा कविता लेखिए, कथा रचिए । उखान-टुक्का बनाइए । हुँदाहुँदा नेपाली फिल्मले डायलग पनि हिट बनाइदिए, ‘मन परेको जुत्ता पो जुत्ता । नभए त खाली खुट्टै ठीक ।’

जुत्तामा मान्छेहरू किन यति मरिहत्ते गर्छन् ?

यसको उत्तर नवीन सुब्बादेखि दीपेन्द्र के. खनालसम्मले दिनुपर्ने हुन्छ । किनभने यिनीहरूले जुत्तालाई काखी नै च्यापेर बसेका छन् । निकेश खड्कालाई त जुत्ताले उहिल्यै नै तर्साइसकेको छ ।

यति भूमिका बाँधेपछि थाहा पाउनु नै भयो होला, यो प्रसंग नेपाली फिल्मको टाइटलबारे हो । हालै मात्र नवीन सुब्बा ‘लाहुरेको जुत्ता’ बनाउन फिल्डमा पुगिसकेका छन् । भनिन्छ, उनको फिल्म धमाधम छायांकन हुँदैछ ।

‘नुमाफुङ’ फेम्ड निर्देशकले बीचमा लामो समय विश्राम लिए । ‘गुडबाई काठमाडौं’ बनाएपछिको समय उनी दोस्रो फिल्म निर्देशन गर्ने हतारोमा देखिएनन् । तर, पछिल्लो समय भने उनको सक्रियता बढेको छ । ‘गाउँ आएको बाटो’को धुलो उड्न छाडेको छैन, उनी दोस्रो फिल्म लिएर छायांकनस्थलमै पुगिसकेका छन् । फिल्मको नामले धेरै कुरा खुल्छ, ‘लाहुरेको जुत्ता’ ।

जुत्तामा मोहित हुने अर्का फिल्ममेकर हुन्, दीपेन्द्र के. खनाल । त्यही भएर त उनले ‘हरिबहादुरको जुत्ता’ बनाए । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्मको सिक्वेल बन्ने गाइँगुई चलेको थियो । तर, अहिले त्यो हल्ला मत्थर भइसकेको छ । बरु उक्त फिल्मको निर्माण टिम अर्को स्क्रिप्टलाई अन्तिम रूप दिने तयारीमा रहेको बुझिन्छ ।

यी दुई जुत्ता आउनुअघि निकेश खड्काले एउटा जुत्ता थोत्रो बनाइसकेका थिए । उनको जुत्ता थियो, ‘फाटेको जुत्ता’ । फिल्मले प्रचारको फन्डा गजब अपनाएको थियो । कतिपय दर्शकले आफ्नो फाटेको जुत्ता लिएर आएपछि फिल्म निर्माण टिमले उनीहरूलाई नयाँ जुत्ता दिएर पठाउँथ्यो । तर, फिल्म प्रदर्शनपछि नयाँ जुत्ता व्यर्थै दिइएछ भनेजस्तै भएको थियो ।

जे होस्, जुत्ताको कथा नेपाली फिल्मले भनिरहने नै छ । किनभने अहिले दृश्यमा केही जुत्ताहरूको चर्चा हुन थालेको छ । सेतो जुत्ता, सायद तपाईंले थाहा पाइसक्नुभयो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
लाहुरेको जुत्ता, हरिबहादुरको जुत्ता, फाटेको जुत्ता : नेपाली फिल्ममा जुत्तै-जुत्ता

लाहुरेको जुत्ता, हरिबहादुरको जुत्ता, फाटेको जुत्ता : नेपाली फिल्ममा जुत्तै-जुत्ता

नेपाली समाजमा एउटा भनाइ छ, ‘जुत्ता हेरेर मान्छेको औकात थाहा हुन्छ ।’ यसको सोझो अर्थ, पैतालाले टेक्ने जुत्ताले मान्छेको उचाइ नाप्ने गरिन्छ । खासमा ‘जुत्ता’ एक बिम्ब हो । त्यसैले त यसको बारेमा कविता...

#जुत्ता #मान्छे #फिल्म
Compare →
Nagarik News
3d ago
बलिउड फिल्म ‘मैसा’को प्रदर्शन तत्काललाई स्थगित, नयाँ रिलिज मितिबारे रश्मिका अनभिज्ञ

बलिउड फिल्म ‘मैसा’को प्रदर्शन तत्काललाई स्थगित, नयाँ रिलिज मितिबारे रश्मिका अनभिज्ञ

रोचक कुरा के छ भने रश्मिका मन्दानालाई समेत फिल्मको नयाँ रिलिज मितिबारे जानकारी छैन।

#फिल्म
Compare →
Ekantipur
3d ago
फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

‘जलाकी’ पनि उही कमजोर पटकथाको मारमा परेको छ। फिल्ममा दर्शकलाई आकर्षित गर्ने न चुस्त पटकथा छ, न त विश्वस्त पार्ने कथा नै । न पात्रहरूको उद्देश्य, न रूपान्तरण नै । छन् त केवल शृङ्खलाबद्ध पट्यारलाग्दो घटनाक्रम ।

#फिल्म
Compare →

Related Stories

National (Nepal)
Build #2625