Trending
Prev Story
Next Story

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

८ मङ्सिर, सियोल (रासस/एपी) । रुस–युक्रेन युद्धसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा उत्तर कोरियाको एक बाल शिविरमाथि स्विट्जरल्यान्डले प्रतिबन्ध लगाएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उत्तर कोरियाले प्योङयाङस्थित स्विस कूटनीतिक कार्यालय बन्द हुन …

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

८ मङ्सिर, सियोल (रासस/एपी) । रुस–युक्रेन युद्धसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा उत्तर कोरियाको एक बाल शिविरमाथि स्विट्जरल्यान्डले प्रतिबन्ध लगाएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उत्तर कोरियाले प्योङयाङस्थित स्विस कूटनीतिक कार्यालय बन्द हुन सक्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरमाथिको प्रतिबन्धलाई आफ्नो देशको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घन र खुला शत्रुतापूर्ण कार्य भनेकी छन्। उनले उक्त शिविरले रुससँगको वैध सहयोगलाई समर्थन गरेको दाबी गरिन् । तर युक्रेनबाट लगिएका बालबालिकालाई त्यहाँ पुनःशिक्षाका लागि पठाइएको भन्ने पश्चिमा आरोपबारे उनले प्रतिक्रिया दिइनन्।

उत्तर कोरियाले रुसको युद्ध प्रयासलाई सहयोग गर्न हजारौँ सैनिक र ठूलो परिमाणमा हतियार पठाएको छ । त्यसको बदलामा आर्थिक सहयोग र सैन्य प्रविधि प्राप्त गरेको हुन सक्ने अनुमान छ । रुस र चीनसँगको निकटता नेता किमको अमेरिकाविरोधी विदेश नीतिको प्रमुख आधार बनेको छ ।

स्विस विदेशमन्त्री इग्नाजिओ क्यासिसले गत अक्टोबरको अन्त्यमा प्योङयाङ भ्रमण गरी विदेशमन्त्री चो सोन हुईसहितका अधिकारीसँग संवाद र सहयोग विस्तारबारे छलफल गरे। तर प्रतिबन्धपछि किम यो जोङले स्विट्जरल्यान्डसँगको सम्बन्ध पुनर्विचार गर्नुपर्ने र आवश्यक जवाफी कदम चाल्नुपर्ने बताए। उनले प्योङयाङमा खोलिएको स्विस कूटनीतिक कार्यालयले आफ्नो औचित्य गुमाएको टिप्पणी गरे।

स्विट्जरल्यान्डको आर्थिक मामिलासम्बन्धी राज्य सचिवालयका अनुसार, यसै महिनाको सुरुमा रुसको युक्रेनमाथिको आक्रमणसँग सम्बन्धित प्रतिबन्ध सूचीमा सोङडोवन शिविरलाई समावेश गरिएको थियो ।

स्विस अधिकारीहरूले शिविरमाथि युक्रेनी बालबालिकाको जबर्जस्ती एकीकरण, प्रलोभन र सैन्यीकृत शिक्षामा संलग्न रहेको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रबाट बालबालिकालाई उत्तर कोरिया लैजाने तथा उनीहरूलाई रुस समर्थक प्रचारमा सहभागी गराउने गतिविधिमा शिविर संलग्न रहेको आरोप छ ।

यसअघि बेलायतले गत मे र युरोपेली सङ्घ (इयु) ले सेप्टेम्बरमा शिविरमाथि प्रतिबन्ध लगाउँदै यसको सम्पत्ति रोक्का र वित्तीय कारोबार निषेध गरेका थिए । तर युरोपसँग उत्तर कोरियाको सीमित वित्तीय सम्बन्धका कारण ती प्रतिबन्धको व्यावहारिक प्रभाव भने स्पष्ट छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
9h ago
स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो ।

#उत्तर #कोरिया #स्विट्जरल्यान्ड
Compare →
Nagarik News
9h ago
स्विस कूटनीतिक अधिकारीलाई ४८ घण्टाभित्र उत्तर कोरिया छाड्न आदेश

स्विस कूटनीतिक अधिकारीलाई ४८ घण्टाभित्र उत्तर कोरिया छाड्न आदेश

उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ।

#उत्तर #कोरिया
Compare →
Hamro Patro News
2d ago
उत्तर कोरियाली सर्वोच्च नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको उठाएनन् फोन, बुझ्नै मानेनन् पत्र

उत्तर कोरियाली सर्वोच्च नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको उठाएनन् फोन, बुझ्नै मानेनन् पत्र

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवादका लागि गरेको प्रयास असफल भएको छ । ट्रम्पले फोनमार्फत सम्पर्क गर्न खोज्दा किमले कुनै प्रतिक्रिया नदिएको र पठाएक...

#उत्तर #कोरिया
Compare →

Related Stories

World News
Build #2625