Trending
Prev Story
Next Story

स्विस कूटनीतिक अधिकारीलाई ४८ घण्टाभित्र उत्तर कोरिया छाड्न आदेश

Nagarik News •
November 25, 2026 • 05:25 AM
9
9 reads 0 reactions

उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ।

स्विस कूटनीतिक अधिकारीलाई ४८ घण्टाभित्र उत्तर कोरिया छाड्न आदेश

उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ।

स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार विदेश मन्त्रालयले एस्टियरलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै देश छाड्न निर्देशन दिएको हो।

उत्तर कोरियाको विदेश मन्त्रालयअन्तर्गत युरोपेली विभागका महानिर्देशक पाक ह्योन सुले एस्टियरलाई बोलाएर कूटनीतिक कार्यालय बन्द गर्न आग्रह गरिएको मन्त्रालयको ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

उत्तर कोरियाले वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरलाई प्रतिबन्धको सूचीमा राख्ने स्विस अधिकारीहरूको निर्णयलाई आफ्नो कदमको कारण बताएको छ।

उक्त शिविरमा रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रबाट ल्याइएका बालबालिकालाई प्रभावित पार्ने गतिविधिमा सहयोग गरेको आरोप लाग्दै आएको छ।

यसअघि मंगलबार उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले स्विट्जरल्यान्डको निर्णयको निन्दा गर्दै प्योङयाङस्थित कूटनीतिक कार्यालय बन्द गर्ने चेतावनी दिएकी थिइन्। उक्त शिविरमा चिनियाँ र रुसी बालबालिकाले समेत सहभागिता जनाउँदै आएका छन्।

उत्तर कोरियासँग वार्ता र कूटनीतिक सम्बन्ध कायम राख्ने सीमित पश्चिमी मुलुकमध्ये स्विट्जरल्यान्ड पनि एक हो। स्विस विदेशमन्त्रीले केही साताअघि उत्तर कोरियाको भ्रमण गरी दुई देशबीचको सम्बन्ध सामान्य बनाउने विषयमा छलफल गरेका थिए।

उत्तर कोरियास्थित स्विस कूटनीतिक कार्यालयले बेइजिङस्थित स्विट्जरल्यान्डको दूतावासलाई प्रतिवेदन बुझाउने गरेको छ। उक्त दूतावासले नै उत्तर कोरियासँगका कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी काम सम्हाल्दै आएको छ।एएफपी

प्रकाशित: ९ मंसिर २०८३ ११:१० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
8h ago
स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो ।

#उत्तर #कोरिया #कूटनीतिक
Compare →
Onlinekhabar
5d ago
शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

८ मङ्सिर, सियोल (रासस/एपी) । रुस–युक्रेन युद्धसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा उत्तर कोरियाको एक बाल शिविरमाथि स्विट्जरल्यान्डले प्रतिबन्ध लगाएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उत्तर कोरियाले प्योङयाङस्थित स्विस कूटनीतिक कार्यालय बन्द हुन …

#उत्तर #कोरिया
Compare →
Hamro Patro News
2d ago
उत्तर कोरियाली सर्वोच्च नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको उठाएनन् फोन, बुझ्नै मानेनन् पत्र

उत्तर कोरियाली सर्वोच्च नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको उठाएनन् फोन, बुझ्नै मानेनन् पत्र

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवादका लागि गरेको प्रयास असफल भएको छ । ट्रम्पले फोनमार्फत सम्पर्क गर्न खोज्दा किमले कुनै प्रतिक्रिया नदिएको र पठाएक...

#उत्तर #कोरिया
Compare →

Related Stories

World News
Build #2625