Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार्स : नेपाल र पाकिस्तान ‘ए’ भिड्दै

Nagarik News •
November 24, 2026 • 06:07 AM
11
11 reads 0 reactions

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ।

एसिया कप राइजिङ स्टार्स : नेपाल र पाकिस्तान ‘ए’ भिड्दै

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ।

नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो।

नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा छ।

उता एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने सोचमा छ। उसले पहिलो खेलमा युएई र दोस्रो म्याचमा भारत ‘ए’ लाई हराएको थियो।

इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ। सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो। त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो।

नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टायो। नेपाल सामु आज तीन वर्षअघिको हारको बदला लिने अवसर छ।

जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। समूह ‘बी’ मै रहेको पाकिस्तान चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: ८ मंसिर २०८३ ११:५२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
एसिया कप राइजिङ स्टार्स: भारत ए पाकिस्तान ए सँग ४८ रनले पराजित

एसिया कप राइजिङ स्टार्स: भारत ए पाकिस्तान ए सँग ४८ रनले पराजित

काठमाडौं । जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्...

#पाकिस्तान #एसिया #राइजिङ
Compare →
Onlinekhabar
5d ago
राइजिङ स्टार्स एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाब

राइजिङ स्टार्स एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाब

८ मंसिर, काठमाडौं । एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। तर नेपालको छनोट समीकरण बिहान हुने भारत ए र …

#पाकिस्तान #एसिया #राइजिङ
Compare →
Arthasansar
3d ago
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग...

#एसिया #राइजिङ
Compare →
Ekantipur
22h ago
पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल

पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल

पहिलो खेलमा भारत ‘ए’ सँग नेपाल २६ रनमै अलआउट भएको थियो । युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालले पुनः त्यसैको झल्को दिएको थियो र टेस्ट खेल्ने राष्ट्रहरुको टोलीसँग कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो ।

#पाकिस्तान
Compare →

Related Stories

Sports
Build #2625