Trending
Prev Story
Next Story

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

Nagarik News •
November 24, 2026 • 06:35 AM
10
10 reads 0 reactions

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ।

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ।

कक्रोच जनता पार्टी (सिजेपी) का २७ वर्षीय नेता सौरभ दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने उडानमा चढ्न नदिइएको बताएका हुन्।

मंगलबार बिहान उडान भर्ने तयारीमा रहेका उनलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले आफ्नो राहदानीमा रोकसम्बन्धी संकेत रहेको जानकारी दिएका थिए।

दासका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) र एडिनबर्ग विश्वविद्यालयले उनलाई ‘कक्रोच’ आन्दोलनबारे सम्बोधन गर्न आमन्त्रण गरेका थिए।

उनले डिसेम्बर १ मा अक्सफोर्ड युनियन सोसाइटीमा सम्बोधन गर्ने कार्यक्रम थियो। भारतीय विद्यार्थीहरूले कार्यक्रमका लागि तयारी गरिरहेको अवस्थामा सरकारले आफूलाई रोक्नु बौद्धिक विचारप्रति असहिष्णुताको संकेत भएको उनको आरोप छ।

सन् २०२६ मेमा सुरु भएको सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा लाखौँ अनुयायी जुटाएको छ।

जुलाईमा परीक्षामा भएको अनियमितताको विरोधमा पार्टीले आयोजना गरेको प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढाएको थियो। त्यसपछि शिक्षा मन्त्रीले राजीनामा दिएका थिए।

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै नयाँदिल्लीमा भएको प्रदर्शनका क्रममा सुरक्षा कारबाही अवज्ञा गरेको आरोपमा दासलाई एक महिनाअघि हिरासतमा लिइएको थियो।

मोदी सन् २०१४ मा सत्तामा आएपछि भारतमा मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बनेको आलोचकहरूको आरोप छ।

यसै महिनाको सुरुमा विपक्षी कांग्रेस पार्टीले आयोजना गरेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा एक सयभन्दा बढी विदेशी वक्तालाई सहभागी हुन रोकिएको थियो।

प्रतिबन्धमा पर्नेमा यसअघि मोदीसँग प्रेस स्वतन्त्रताबारे प्रश्न गरेका एक नर्वेली पत्रकार पनि थिए।

यसअघि सन् २०२२ मा भारत प्रशासित काश्मीरकी पुरस्कार विजेता फोटोग्राफर सन्ना इरशाद मट्टुलाई पुलित्जर पुरस्कार ग्रहण गर्न अमेरिका जानबाट भारतीय अधिकारीहरूले रोकेका थिए।

प्रकाशित: ८ मंसिर २०८३ १२:२० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

काठमाडौं– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ । कक्रोच जनता पार्टी (सिजेपी)क...

#कक्रोच #आन्दोलन #लन्डन
Compare →
Ekantipur
10h ago
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै देशभरका पत्रकार आन्दोलनमा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै देशभरका पत्रकार आन्दोलनमा

समाचारको स्रोत खोज्दै मिडिया हाउसमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले देशव्यापी आन्दोलन सुरु गरेका हुन्।

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2625