Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे चीनले के भन्यो ?

Nagarik News •
November 24, 2026 • 03:23 AM
27
27 reads 0 reactions

उनका अनुसार नेपालले चीन र भारतबिच सन्तुलन मिलाउने पुरानो अभ्यासभन्दा दुवै छिमेकीसँग सहकार्य गरेर आफ्नो भौगोलिक अवस्थालाई विकासको अवसरमा बदल्न खोजेको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे चीनले के भन्यो ?

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको विषयलाई चीनले नेपालको कूटनीतिक रणनीतिमा आएको परिवर्तनका रूपमा व्याख्या गरेको छ।

चीनको कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्स मा प्रकाशित एक विश्लेषणले शाहको भारत भ्रमणलाई चीनविरोधी कदम नभई नेपाललाई परम्परागत ‘बफर स्टेट’ (मध्यवर्ती राज्य) बाट ‘ब्रिज स्टेट’ (सेतु राज्य) बनाउने प्रयासका रूपमा प्रस्तुत गरेको हो।

फुदान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक झाङ जियादोङको उक्त लेखमा शाह सरकारले कूटनीतिलाई दलगत राजनीति र वैचारिक प्रभावबाट मुक्त गर्दै आर्थिक विकास तथा व्यावहारिक सहकार्यमा केन्द्रित गर्न खोजेको उल्लेख छ। उनका अनुसार नेपालले चीन र भारतबिच सन्तुलन मिलाउने पुरानो अभ्यासभन्दा दुवै छिमेकीसँग सहकार्य गरेर आफ्नो भौगोलिक अवस्थालाई विकासको अवसरमा बदल्न खोजेको छ।

आइतबारदेखि सोमबारसम्म भएको शाहको भारत भ्रमण प्रधानमन्त्री बनेको करिब आठ महिनापछिको पहिलो द्विपक्षीय विदेश भ्रमण थियो। नेपालका नयाँ प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमणका लागि भारत रोज्ने पुरानो अभ्यासलाई शाहले पनि निरन्तरता दिएका हुन्। तर यसपटकको भ्रमण छोटो र सीमित कार्यक्रममा केन्द्रित थियो। भ्रमणमा औपचारिकताभन्दा आर्थिक तथा व्यावहारिक सहकार्यलाई प्राथमिकता दिइएको थियो।

ठुला शक्तिबिच कूटनीतिक सन्तुलन कायम गरेर आर्थिक लाभ लिन खोज्ने साना देशका लागि यस्तो रणनीति चुनौतीपूर्ण हुन सक्ने जियादोङको तर्क छ। अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको विषय घरेलु राजनीतिमा प्रवेश गर्दा आन्तरिक विभाजन र अस्थिरता बढ्न सक्छ। शाह सरकारले भने परराष्ट्र नीतिलाई दलगत स्वार्थभन्दा राष्ट्रिय विकासका प्राथमिकतासँग जोड्न खोजेको विश्लेषण उनले गरेका छन्।

नेपाललाई लामो समयदेखि चीन र भारतबिचको ‘दुई ढुंगाबिचको तरुल’ का रूपमा व्याख्या गरिँदै आएको छ। तर शाह सरकारले यही भौगोलिक अवस्थालाई चुनौतीभन्दा अवसरका रूपमा उपयोग गर्दै नेपाललाई दुई छिमेकी जोड्ने ‘जीवन्त पुल’ बनाउन खोजेको देखिन्छ। यसका लागि दलगत स्वार्थ र प्रतीकात्मक कूटनीतिक सन्तुलनभन्दा व्यावसायिक विज्ञता तथा व्यावहारिक हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनले भारतका लागि डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्मालाई राजदूत नियुक्त गरिएको विषयलाई पनि यही रणनीतिको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। दुवै देशका जानकार व्यक्तिलाई राजदूत बनाउनु कूटनीतिलाई घरेलु राजनीतिक खिचातानीबाट अलग राखेर व्यावसायिक आधारमा अघि बढाउने प्रयास भएको उनको टिप्पणी छ।

दुई दिने भ्रमणमा औपचारिक कार्यक्रमभन्दा ऊर्जा, यातायात सञ्जाल, लगानी, शिक्षा, स्वास्थ्य र कृषिमा सहकार्यलाई प्राथमिकता दिइएको थियो। सीमा विवादजस्ता संवेदनशील विषयलाई भ्रमणको मुख्य एजेन्डा नबनाउनुलाई झाङले औपचारिकताभन्दा परिणामलाई महत्त्व दिने नीतिसँग जोडेका छन्।

भारत भ्रमणपछि पनि नेपालले चीनसँगको सम्बन्धलाई निरन्तरता दिएको छ। अहिले सत्तारुढ रास्वपाका सांसदहरूको जम्बो टोली चीन भ्रमणमा छ। त्यस्तै, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीन सम्मिलित ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव गरेका थिए। यसले तीन देशबिच हिमनदीको निगरानी, तथ्यांक आदानप्रदान र विपद्को पूर्वसूचनाजस्ता क्षेत्रमा सहकार्य गर्ने लक्ष्य राखेको देखिन्छ।

नेपाललाई भूराजनीतिक मध्यवर्ती अवस्थाबाट व्यावहारिक सहकार्यको पुलमा रूपान्तरण गर्ने योजना अहिले नीतिगत सोचकै चरणमा रहेको पनि उनले स्वीकार गरेका छन्। नेपालको भौगोलिक अवस्था र छिमेकीमाथिको असमान आर्थिक निर्भरता तत्काल हटाउन नसकिने जियादोङको भनाइ छ। यस्तो रणनीति सफल हुन नेपालको आन्तरिक राजनीतिक स्थिरता र कूटनीतिक सहकार्यबाट प्राप्त हुने ठोस उपलब्धि महत्त्वपूर्ण हुने उनको निष्कर्ष छ।

भारत भ्रमणमा के भयो ? प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता भएको थियो। भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता दिने घोषणा गरेको छ। यसमध्ये पाँच हजार ६ सय करोड रुपैयाँ अनुदान र १८ हजार चार सय करोड रुपैयाँ ऊर्जा परियोजनाका लागि सहुलियतपूर्ण ऋण हो।

भ्रमणका क्रममा काठमाडौं-भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। यसका लागि प्राविधिक परामर्शबाट कार्यान्वयनको प्रक्रिया टुंग्याउनुपर्नेछ। नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातको दीनदयाल बन्दरगाह प्रयोग गर्न पाउने भएको छ भने आवश्यक पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहको पहुँच पनि उपलब्ध गराइने भएको छ।

त्यस्तै, अयोध्या-जनकपुर सरयू-कमला एक्सप्रेस रेल सेवा सुरु गरिएको छ भने धार्चुला-दार्चुला सीमापार मोटरेबल पुल उद्घाटन भएको छ। ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना र झापामा पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको छ। भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा क्याम्पस स्थापना गर्न पनि सहमति जनाएको छ।

भ्रमणका क्रममा प्रहरी तथा फरेन्सिक अनुसन्धान, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, कृषि, भूउपग्रह सञ्चार र सहरी विकासलगायतका क्षेत्रमा आठ वटा समझदारीपत्र आदानप्रदान भएका छन्। दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिपत्रसमेत सार्वजनिक गरेका छन्। सीमा विवादका बाँकी विषयमा भने दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन दिइएको छ।

प्रकाशित: ८ मंसिर २०८३ ०९:०८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : विवादित मुद्दा थाती, विकास आयोजना र आर्थिक सहायतामा प्रगति

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : विवादित मुद्दा थाती, विकास आयोजना र आर्थिक सहायतामा प्रगति

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : विवादित मुद्दा थाती, विकास आयोजना र आर्थिक सहायतामा प्रगति प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणमा सीमा विवाद, सन् १९५० को सन्धि, ईपीजी प्रतिवेदन, सार्कलगा...

#शाह #भारत #विकास
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री शिशिर खनालले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

#शाह #भारत #भ्रमणबारे
Compare →
Arthasansar
1d ago
भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं  - अर्थमन्त्री वाग्ले

भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन...

#भारत
Compare →
Bizshala
1d ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2625