Trending
Prev Story
Next Story

विचार | प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

Ekantipur •
November 24, 2026 • 02:04 AM
11
11 reads 0 reactions

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो ।

विचार | प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणमा केहीमा सहमति, थोरैमा सम्झौता र धेरै विषय थाती राखिएका छन् । कूटनीतिक भ्रमणको सफलता सम्झौतापत्रको संख्या वा संयुक्त वक्तव्यको बुँदाले मात्रै मापन गर्न सकिँदैन । त्यहाँ उल्लेख भएका विषयले राष्ट्रिय हितका कति मुद्दालाई सम्बोधन गर्‍यो, दुई देशबीचको असमानता र अविश्वास घटाउन कति योगदान पुर्‍यायो र जनताको जीवन र अर्थतन्त्रमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने आधारमा यसको मूल्यांकन हुनुपर्छ ।

करिब २५ घण्टाको भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री शाह स्वदेश फर्किएका छन् । लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो । ठूलो व्यापार घाटाका कारण नेपालीहरूले विदेशमा दुःख गरेर कमाएको रेमिट्यान्सको प्रयोग घटाउने उपायको खोजी हो ।

सरकारले अब भ्रमणको उपलब्धिलाई प्रचारको विषयभन्दा कार्यान्वयनको जिम्मेवारीका रूपमा लिनुपर्छ । भ्रमणमा भएका सबै सहमति, समझदारी र घोषणाको समयसीमासहित कार्ययोजना बनाउनुपर्छ । यस पटक हवाई रुटका विषयमा एक कदम अगाडि बढ्नु, तेस्रो मुलुकसँगको व्यापारमा थप दुई बन्दरगाह उपलब्ध हुनु र सहुलियतपूर्ण ऋण र अनुदानका रूपमा नेपालको अपेक्षाभन्दा बढी आश्वासन प्राप्त गर्नु मुख्य उपलब्धि हुन् । हवाई रुटका हकमा भैरहवा हुँदै भारत र नेपाल दुईतर्फी आवतजावत गर्न पाइने सहमति भएको छ, जसलाई अब प्राविधिक टोलीले थप अध्ययन गरी कार्यान्वयनमा लग्नेछ ।

शाह र मोदीले दार्चुलाको पुल तथा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरे । उनीहरूले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास पनि गरे । नेपालमा भोटेकोशी बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई सुदृढ बनाउन भारतले २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ । यसैगरी नेपालले पनि परम्परागत रूपमै अनुदान र सहुलियतपूर्ण ऋणमा जोड दिएकाले भारतले खुलेर सहयोग गरेको देखिन्छ । विगतमा पनि यस्तै सहयोगको घोषणा भए पनि अनुदानतर्फको रकम मात्रै प्राप्त भएको सन्दर्भमा आगामी दिनमा यसको कार्यान्वयन हेर्नुपर्नेछ ।

तेस्रो मुलुकसँग आयात–निर्यातका लागि भारतले नेपाललाई उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच दिने र एकीकृत जाँच चौकी बढाउने विषय समावेश भए पनि निर्यातको मुख्य बाधाका रूपमा रहेको गैरभन्सार अवरोध हटाउने विषयले छलफलमा प्रवेश नपाएको देखिन्छ ।

यस पटकको भ्रमणमा ‘विकसित भारत र समुन्नत नेपाल ः साझेदारीको पुनर्कल्पना’ शीर्षकको ‘ज्वाइन्ट भिजन’ सार्वजनिक भएको छ । यसमा १० स्तम्भमा केन्द्रित रही विस्तृतमा चर्चा गरिएको छ । उल्लिखित कतिपय विषयमा नेपाल–भारतबीच विगतदेखि नै सहकार्य हुँदै आएको छ । यद्यपि, नयाँ विषयसहित एकीकृत ठाउँमा राखेर दस्ताबेजीकरण गर्दा त्यसले निकटता प्रकट गर्छ । यसले नेपाल–भारतबीचको सदियौं लामो सम्बन्धलाई अहिलेको समयसँग जोड्छ र साझा उद्देश्यमा अघि बढ्न सघाउँछ । विकसित भारतसँग नेपालको समुन्नति कसरी जोडिन्छ भन्ने विषयले आगामी दिनमा चर्चा पाउने नै छ, तर पनि नेपाली सामान भारतमा बेच्न र भारतीय व्यवसायी नेपालमा लगानी गर्ने ठोस विषय नभएकाले अहिले नै यस विषयमा धेरै चर्चा गर्न सकिँदैन । यसको कार्यान्वयन र प्रतिफलको सन्दर्भ भने प्रतीक्षाकै विषय हो ।

नेपालका लागि भारतीय लगानीकर्ताको लगानी अनिवार्य छ । भारतीय लगानी नआई अन्य देशका लगानीकर्तालाई नेपाल ल्याउन कठिन छ । तर यस भ्रमणमा पनि लगानीकर्तालाई आकर्षित गर्न सकिएको देखिएन । प्रधानमन्त्री शाहले पत्रकार सम्मेलनमा ‘हाम्रो साझा आर्थिक समुन्नतिमा साझेदारीका निम्ति भारतीय लगानीकर्ताहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछौं’ भने, तर त्यसमा बढी औपचारिकता अनुभूत हुन्छ । उनले भारतीय लगानीकर्ताहरूलाई सम्बोधन वा आह्वान गरेनन् । उनले नेपालमा साँच्चिकै लगानीको वातावरण बनेको भनेर स्थापित गर्ने प्रयत्न गरेको र लगानीकर्ताको विश्वास जित्न खोजेको देखिँदैन । परिणामतः हामी ठूला आर्थिक सहयोग प्राप्त गर्ने तर ठूला लगानी भित्र्याउन नसक्ने स्थितिबाट अघि बढिरहेका छौं, जुन अहिले पनि कायम हुनु दुःखद छ ।

नेपालभित्र संवेदनशील मानिएका र दीर्घकालीन महत्त्वका मुद्दाका रूपमा रहेका धेरै विषयमा छलफल भएको वा सहमति भएको देखिँदैन । १९५० को सन्धिको पुनरावलोकनको विषय छोइए पनि ईपीजी प्रतिवेदनको चर्चा नै भएको देखिएन । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआरलाई शीघ्र अन्तिम रूप दिई काम सुरु गर्न संयुक्त समितिलाई निर्देशन दिइएको छ । यस्तै–यस्तै भाषा दशकौंदेखि प्रयोग गरिँदै आइएको छ । सीमा विवादलाई सल्टाउने ठोस मार्गचित्र छैन । बलियो सरकार भएका बेलामा यस्ता विषयमा गुणात्मक नतिजा निस्कियोस् भन्ने अपेक्षा गरिएको थियो, तर पन्छाइयो ।

सरकारले अब भ्रमणको उपलब्धिलाई प्रचारको विषयभन्दा कार्यान्वयनको जिम्मेवारीका रूपमा लिनुपर्छ । भ्रमणमा भएका सबै सहमति, समझदारी र घोषणाको समयसीमासहित कार्ययोजना बनाउनुपर्छ । कुन मन्त्रालयले के काम गर्ने, कुन परियोजना कहिलेसम्म अघि बढाउने र त्यसको प्रगति कसरी सार्वजनिक गर्ने भन्ने स्पष्ट हुनुपर्छ । उपलब्धि र अधुरा अपेक्षाको यो मिश्रित अवस्थालाई सरकारले आत्मसमीक्षा र योजना निर्माणको अवसरका रूपमा लिनुपर्छ । भारतसँग भएका समझदारीपत्र र संयुक्त दृष्टिकोणपत्रका पूर्णपाठ संसद्मा प्रस्तुत गर्नुपर्छ । दिल्लीमा कुन विषय उठाइयो र कुन उठाइएन भन्नेबारे पनि सरकारले स्पष्ट जानकारी दिनुपर्छ ।

नेपाल–भारत सीमासम्बद्ध अधिकारीहरूको बैठक निश्चित कार्यतालिकासहित पुनः सञ्चालन गर्नुपर्छ । सीमा विवादका विषयमा परराष्ट्र सचिवस्तरीय बैठक पनि निश्चित समयभित्र आयोजना गर्ने पहल गर्नुपर्छ । हवाई रुट र पञ्चेश्वर परियोजनाका लागि छुट्टाछुट्टै वार्ता टोली गठन गरी दुवै विषयमा प्रगति हासिल गर्ने सार्वजनिक समयसीमा तोक्नुपर्छ । नेपाली वस्तुको निर्यातमा देखिएका गैरभन्सार अवरोधलाई वाणिज्य सचिवस्तरीय बैठकको औपचारिक कार्यसूचीमा राखेर छलफलको मिति तय गर्नुपर्छ । नेपाली साना उद्यमी र किसानको उत्पादनले बजार पाउने अवस्था, व्यापार घाटा कम गर्नका लागि गैरभन्सार अवरोध घटाई भारतीय लगानीमा उद्योगहरू स्थापना गर्ने वातावरण, सीमा विवाद र सुरक्षासम्बद्ध विषयको निरूपण र सम्मानजनक कूटनीतिक सम्बन्ध विस्तारको सुनिश्चितता हो ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ : झा

प्रधानमन्त्री शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ : झा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले बताउनुभएको छ । उहाँले...

#सम्बन्ध #भ्रमण
Compare →
Nagarik News
2d ago
प्रधानमन्त्रीलाई गगनको प्रश्न: भ्रमणमा दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि किन देखिएन ?

प्रधानमन्त्रीलाई गगनको प्रश्न: भ्रमणमा दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि किन देखिएन ?

थापाले भारत भ्रमणबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए। भ्रमणबाट दीर्घकालीन राष्ट्रिय हितमा कुनै महत्वपूर्ण प्रगति भएको नदेखिएको उनको टिप्पणी थियो।

#भ्रमण #हित
Compare →
Arthasansar
2d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#भ्रमण #हित
Compare →
Bizshala
3d ago
बालेन–मोदी वार्तापछि नेपाल र भारतबीच आठ महत्वपूर्ण समझदारी, प्रहरीदेखि अन्तरिक्ष प्रविधिसम्म सहकार्य विस्तार

बालेन–मोदी वार्तापछि नेपाल र भारतबीच आठ महत्वपूर्ण समझदारी, प्रहरीदेखि अन्तरिक्ष प्रविधिसम्म सहकार्य विस्तार

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को औपचारिक भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा...

#सहकार्य #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2638