अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास भइरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार वासिङ्टनमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग वार्ता गर्ने हुनुभएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठक स्थानीय समयअनुसार दिउँसो २ बजे हुनेछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी प्रधानमन्त्रीसँग वार्ता गर्दै इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा खाडी साझेदारहरू एकमत रहेको बताउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )