Trending
Prev Story
Next Story

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

Nagarik News •
October 23, 2026 • 04:16 AM
1
1 reads 0 reactions

इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक र स्थानीयवासी भेला भएका छन्।

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक र स्थानीयवासी भेला भएका छन्।

रामसेस द्वितीयको महान् मन्दिरमा हरेक वर्ष अक्टोबर २२ र फेब्रुअरी २२ मा सूर्यको किरण प्रवेश गर्छ। यी मितिहरूलाई प्राचीन इजिप्टका राजा रामसेस द्वितीयको जन्मदिन र सिंहासन आरोहणसँग सम्बन्धित मानिन्छ। मन्दिरको बनावट र सूर्यसँगको यसको विशेष पङ्क्तिबद्धताका कारण भित्री कक्षमा प्रवेश गर्ने प्रकाश करिब २० मिनेटसम्म रहन्छ।

इटालीका पर्यटकका लागि स्थानीय पथप्रदर्शकका रूपमा काम गर्ने हिशाम खेलाले यो दिन विशेष उत्सव र ऐतिहासिक महत्त्वको अवसर भएको बताए।

सूर्योदयको दुर्लभ दृश्य हेर्न पर्यटकहरू बिहानैदेखि लामबद्ध भएका थिए। कतिपय पर्यटक रातभर बाहिरै बसेका थिए। मोबाइल फोन र क्यामेराबाट तस्बिर खिच्ने तथा सेल्फी लिनेहरूको भीड मन्दिर परिसरमा लागेको थियो। विशाल मूर्तिहरूको अगाडि भेला भएका पर्यटकहरू साना देखिन्थे। मन्दिर नाइल नदीतर्फ फर्किएको छ।

उत्सवका क्रममा मन्दिर परिसरमा परम्परागत पोसाक लगाएका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए। उनीहरूले घण्टी, तबलाको ताल र प्राचीन इजिप्टको बिगुलजस्तो बाजा मिजमारको धुनमा नृत्य गरेर आगन्तुकलाई मनोरञ्जन दिएका थिए।

मन्दिरको भित्री कक्षमा रामसेस द्वितीय तथा अमुन–रा र रा–होरख्ती देवताका मूर्तिहरू रहेका छन्। सामान्यतया अँध्यारो रहने यस कक्षमा सूर्यको किरण करिब ६० मिटर भित्रसम्म पुगेर मूर्तिहरूलाई उज्यालो पार्छ। नेसनल रिसर्च इन्स्टिच्युट अफ एस्ट्रोनोमी एन्ड जियोफिजिक्सका अनुसार यो दृश्य मन्दिरको वास्तु संरचना र सूर्यको अवस्थाबीचको विशेष सम्बन्धका कारण सम्भव भएको हो।

अमेरिकाको एटलान्टाबाट इजिप्ट पुगेकी जेनिस साउदीले विशाल मूर्तिहरू र तिनको संरक्षणबाट आफू प्रभावित भएको बताइन्। उनले मन्दिरका भित्तामा कुँदिएका आकृति, चित्रलिपि र रङहरूको सुन्दरताले आफूलाई अझ बढी आकर्षित गरेको उल्लेख गरिन्।

सन् १९६० को दशकमा अस्वान उच्च बाँध निर्माणपछि बढ्न सक्ने पानीबाट मन्दिरलाई जोगाउन पुरातत्त्वविद् र इन्जिनियरहरूले ठूलो परियोजना सञ्चालन गरी मन्दिरलाई सुरक्षित स्थानमा सारेका थिए। स्थानान्तरणका क्रममा सूर्यसँग मन्दिरको पङ्क्तिबद्धता कायम राख्न विशेष ध्यान दिइएको थियो। त्यसैले तीन हजार वर्षभन्दा बढी समयपछि पनि वर्षमा दुई पटक सूर्यको किरण मन्दिरको भित्री कक्षसम्म पुग्ने प्राचीन परम्परा निरन्तर छ। एपी

प्रकाशित: ६ कार्तिक २०८३ १०:०१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्। उत्सवका नाम...

#मन्दिर
Compare →
Onlinekhabar
2d ago
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक …

#मन्दिर
Compare →
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#मन्दिर
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर
Compare →

Related Stories

World News
Build #2611