Trending
Prev Story
Next Story

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

Ekantipur •
November 23, 2026 • 05:02 PM
6
6 reads 0 reactions

भारत सरकारको पूर्ण आर्थिक अनुदानमा निर्माण भएको ११० मिटर लामो दुई लेनको पक्की मोटरेबल पुलले असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलको छारछुम क्षेत्रलाई जोड्छ ।

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

भारत सरकारको पूर्ण आर्थिक अनुदानमा निर्माण भएको ११० मिटर लामो दुई लेनको पक्की मोटरेबल पुलले असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलको छारछुम क्षेत्रलाई जोड्छ ।

दार्चुला — महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा असिगडा–छारछुम मोटरेबल पुलको उद्घाटन गरेका हुन् ।

भारतको दुईदिने औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित उच्चस्तरीय द्विपक्षीय भेटवार्तापछि भर्चुअल माध्यमबाट उक्त पुलको उद्घाटन गरेका हुन् । नेपाल–भारत सहयोगअन्तर्गत भारत सरकारको पूर्ण आर्थिक अनुदानमा निर्माण सम्पन्न भएको यो ११० मिटर लामो दुई लेनको पक्की मोटरेबल पुलले असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलको छारछुम क्षेत्रलाई जोड्छ ।

सडक यातायात सञ्चालनमा आएसँगै सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङलगायत सीमावर्ती क्षेत्रका नागरिकको आवतजावत सहज हुनुका साथै दुई देशबीचको व्यापार, पारवहन, धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने देखिन्छ ।

महाकाली नदीले सीमा छुट्याए पनि महाकाली तटीय क्षेत्रका स्थानीयको सम्बन्ध भाइचाराको छ । नदीको वारिपारि बसोबास रहेका अधिकांश ठाउँमा एउटै समुदायका मानिस रहेकाले मोटरेबल पुलले सम्बन्धलाई अझ नजिक बनाएको स्थानीय महाकाली नगरपालिका–८ का गोपालसिंह धामीले बताए । 'म वारि नेपालपट्टि बस्छु, मेरा आफन्त छारछुम (भारतपट्टि) बस्छन् । आफन्त मर्दापर्दा र बिहेवारीमा वारिपारि गर्नुपर्छ, त्यसका लागि दुवैतिरका आफन्तले लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ,' उनले भने ।

त्यस्तै, दार्चुला सदरमुकाम खलंगाबाट १० किलोमिटरको दूरीमा रहेको यो पुलले व्यापारिक कारोबारको मेरुदण्डका रूपमा काम गर्ने स्थानीय व्यापारी राजेन्द्रप्रसाद बडूले बताए । यो पुलले दार्चुला मात्र होइन, नेपालका बैतडी, बझाङलगायत सुदूरपहाडका पहाडी जिल्लालाई व्यापारिक कारोबारका लागि भारतका बजारसम्म जोड्न मद्दत पुग्नेछ । यहाँका स्थानीय उत्पादनले भारतका स्थानीय बजार पाउने उनको भनाइ छ ।

करिब ३२ करोड ९८ लाख भारतीय रुपैयाँ (करिब ३३ करोड भारु) को लागतमा भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले निर्माण गरेको यस पुलको शिलान्यास विसं २०७९ असोज ३ गते (सन् २०२२ सेप्टेम्बर १९) तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए।

यसअघि नै भारतीय पक्षले यस पुललाई औपचारिक स्थल भन्सार मार्गका रूपमा अधिसूचित गरिसकेको छ भने सीमा क्षेत्रमा भन्सार तथा सुरक्षा व्यवस्थापनका लागि आवश्यक पूर्वाधारसमेत तयार पारिएको छ । नेपालतर्फ भने सुरक्षा र भन्सार पोस्ट निर्माण बल्ल सुरु गरिएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
12h ago
महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल...

#पुल #उद्घाटन
Compare →
Nagarik News
13h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#भारत #उद्घाटन
Compare →
Bizshala
3h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत
Compare →
Hamro Patro News
4h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा जारी 'विकसित भारत र समुन्नत नेपाल' दृष्टिपत्रमा के छ? पूर्ण पाठ

प्रधानमन्त्रीको भारत भ्रमणमा जारी 'विकसित भारत र समुन्नत नेपाल' दृष्टिपत्रमा के छ? पूर्ण पाठ

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा नेपाल र भारतले आगामी दिनमा द्विपक्षीय सहकार्य विस्तार गर्न १० वटा प्रमुख क्षेत्र समेटिएको संयुक्त दृष्टिपत्र (भिजन पेपर) सार्वजनिक गरेका छन्। सोमबार नया...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2621