Trending
Prev Story
Next Story

प्रधानमन्त्री फर्कंदा स्वागतमा विमानस्थल पुगेका विराजभक्तले लगाए ‘र्‍याम्प ज्याकेट’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणबाट फर्कंदा विमानस्थलमा स्वागतका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षा प्रोटोकल अनुसार र्‍याम्प ज्याकेट लगाएका छन् । यसअघि आइतबार प्रधानमन्त्रीलाई बिदाइ गर्न आइतबार …

प्रधानमन्त्री फर्कंदा स्वागतमा विमानस्थल पुगेका विराजभक्तले लगाए ‘र्‍याम्प ज्याकेट’

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणबाट फर्कंदा विमानस्थलमा स्वागतका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षा प्रोटोकल अनुसार र्‍याम्प ज्याकेट लगाएका छन् ।

यसअघि आइतबार प्रधानमन्त्रीलाई बिदाइ गर्न आइतबार उनीसहित गृहमन्त्री सुदन गुरुङ र रास्वपा प्रवक्ता जगदीश खरेल प्रोटोकल उल्लङ्घन गर्दै र्‍याम्प ज्याकेटविना नै जहाजको पार्किङ क्षेत्र (एप्रोन) पुगेका थिए ।

एप्रोन क्षेत्रमा विमानस्थल पास र एप्रोन ज्याकेटविना प्रवेश गरेपछि ४ वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीलाई कारबाही गरेको थियो ।

जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र (र्‍याम्प एरिया) मा जहाजका यात्रु तथा क्रु मेम्बर बाहेक जुनसुकै व्यक्ति जाँदा र्‍याम्प ज्याकेट र विमानस्थलले जारी गरेको पास लगाउनैपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओको) अनुसूची १७ मा लेखिएको छ ।

यो विमानस्थल सम्बन्धी अन्तर्राष्ट्रिय नियम हो । यसबाहेक नागरिक उड्डयनसँग सम्बन्धित राष्ट्रिय प्रोटोकलले पनि यसलाई अनिवार्य गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
प्रधानमन्त्री फर्कंदा स्वागतमा विमानस्थल पुगेका विराजभक्तले लगाए ‘र्‍याम्प ज्याकेट’

प्रधानमन्त्री फर्कंदा स्वागतमा विमानस्थल पुगेका विराजभक्तले लगाए ‘र्‍याम्प ज्याकेट’

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणबाट फर्कंदा विमानस्थलमा स्वागतका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षा प्रोटोकल अनुसार र्‍य...

#बालेन-शाह #विमानस्थल #पुगे
Compare →
Ekantipur
9h ago
मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

#बालेन-शाह #पुगे
Compare →
Nagarik News
9h ago
हैदरावाद हाउसमा प्रधानमन्त्री शाहलाई समकक्षी मोदीको स्वागत (तस्बिरहरू)

हैदरावाद हाउसमा प्रधानमन्त्री शाहलाई समकक्षी मोदीको स्वागत (तस्बिरहरू)

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहज्यलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक रूपमा स्वागत गरेका छन्।

#बालेन-शाह #स्वागत
Compare →

Related Stories

Politics & Governance
Build #2612