Trending
Prev Story
Next Story

जेन-जी आन्दोलनका घटना छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धी अध्यादेश सिफारिस

Ekantipur •
November 23, 2026 • 12:03 PM
3
3 reads 0 reactions

२०८२ मंसिर २४ मा सरकार र जेन-जी आन्दोलनका अगुवाबीच १० बुँदे सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्नका लागि मन्त्रीपरिषद्को मंसिर ४ को बैठकले अध्यादेश सिफारिस गरेको हो ।

जेन-जी आन्दोलनका घटना छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धी अध्यादेश सिफारिस

२०८२ मंसिर २४ मा सरकार र जेन-जी आन्दोलनका अगुवाबीच १० बुँदे सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्नका लागि मन्त्रीपरिषद्को मंसिर ४ को बैठकले अध्यादेश सिफारिस गरेको हो ।

काठमाडौँ — सरकारले जेन-जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोगसँग सम्बन्धित अध्यादेश सिफारिस गरेको छ । मन्त्रीपरिषद्को मंसिर ४ को बैठकले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।

'जेन-जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३' राष्ट्रपति कार्यालय पुगेको हो । जेन-जी आयोग गठन गर्ने सहमति सुशीला कार्की नेतृत्वसँगको सरकारसँग सहमति गरेको थियो ।

२०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएका घटनाको निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति लगायतको माग गर्दै आन्दोलनकारीले सरकारसँग विभिन्न माग राखेका थिए । २०८२ मंसिर २४ मा सरकार र जेन-जी आन्दोलनका अगुवाबीच १० बुँदे सम्झौता भएको थियो । सम्झौतापत्रमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र जेन–जी आन्दोलनमा सहादत प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले हस्ताक्षर गरेका थिए ।

सोही सम्झौतालाई कार्यान्वयन गर्नका लागि मन्त्रीपरिषद्को मंसिर ४ को बैठकले अध्यादेश सिफारिस गरेको हो । 'जेन-जी आन्दोलन र जेन-जी आन्दोलनका प्रतिनिधि तथा नेपाल सरकारबीच भएको सम्झौताको मर्म र भावनालाई आत्मसाथ गरी जेन-जी आन्दोलनसँग सम्बन्धित घटनाका सम्बन्धमा परेका मुद्दाको थप छानबिन गर्न, त्यस्तो घटनासँग सम्बन्धित पक्षहरूबीच मेलमिलाप गराउन, त्यस्तो घटनाबाट क्षति पुगेका व्यक्तिलाई क्षतिपूर्ति वा परिपूरणको व्यवस्था गर्न तथा त्यस्तो घटनासँग सम्बन्धित मुद्दा छिटो छरितो ढंगबाट किनारा लगाउन तत्काल आवश्यक भएको'ले अध्यादेश ल्याउनु परेको सरकारको प्रस्ताव छ ।

यो अध्यादेश जारी भएपछि सरकारले राजपत्रमा सूचना जारी गरेर आयोग गठन गर्ने व्यवस्था गरिएको छ । आयोगमा अध्यक्षसहित तीन जना सदस्य रहने व्यवस्था गरिएको छ ।

उच्च अदालतको न्यायाधीश भइसकेको वा हुने योग्यता भएको व्यक्ति आयोगको अध्यक्ष हुनका लागि योग्य हुने व्यवस्था गरिएको छ । आयोगको कार्यावधि अध्यक्ष र सदस्य नियुक्त भएको मितिदेखि तीन महिनाको हुने व्यवस्था गरिएको छ । त्यो अवधिमा काम सम्पन्न नभएमा सरकारले म्याद थप गर्नसक्ने व्यवस्था पनि गरिएको छ ।

आयोगले जेन-जी आन्दोलनमा भएका घटनासँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा संकलन गरी संलग्न पक्ष र क्षतिको थप यकीन गर्ने, प्रहरीमा अनुसन्धानमा रहेका जेन-जी आन्दोलनसँग सम्बन्धित उजुरी संकलन गर्ने, जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको व्यक्ति र प्रतिवादीबीच मेलमिलाप गराउने उल्लेख छ । यो आयोगले गम्भीर अपराधका मुद्दाको किनारा भने नलगाउने व्यवस्था गरिएको छ ।

गृहमन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषबाट पारित भएको अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको छ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा

जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा

७ मंसिर, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ। यसअघि बसेको मन्त्रि परिषद्को …

#अध्यादेश #आन्दोलन #छानबिन
Compare →
Hamro Patro News
21h ago
डेन्टल हाइजेनिस्ट एसोसिएसन आन्दोलनमा

डेन्टल हाइजेनिस्ट एसोसिएसन आन्दोलनमा

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले १० बुँदे माग अघि सार्दै आगामी सोमबारदेखि धर्ना तथा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता ...

#आन्दोलन
Compare →
Nagarik News
2d ago
जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2612