डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले १० बुँदे माग अघि सार्दै आगामी सोमबारदेखि धर्ना तथा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग पटकपटक छलफल गर्दा पनि निष्कर्ष ननिस्किएपछि आन्दोलनमा उत्रिन बाध्य भएको एसोसिएसनले जनाएको छ । डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालका अध्यक्ष माइकल देवकोटाले पेसागत अधिकार र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा उचित प्रतिनिधित्व सुनिश्चित गर्न पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । उहाँले परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग पटकपटक छलफल गर्दा पनि माग सम्बोधन नभएकाले आगामी सोमबारदेखि धर्ना तथा रिले अनशन सुरु गरिने जानकारी दिनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )