Trending
Prev Story
Next Story

नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा एक जना पक्राउ

Nagarik News •
November 23, 2026 • 09:44 AM
4
4 reads 0 reactions

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान करिब ६:४५ बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा उनलाई पक्राउ गरिएको हो।

नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा एक जना पक्राउ

नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-१२ का २१ वर्षीय रामबहादुर गिरी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान करिब ६:४५ बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा उनलाई पक्राउ गरिएको हो।

मोरङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ख ४४०३ नम्बरको बस जाँच गर्ने क्रममा गिरीको साथबाट ९८ ग्राम खैरो हेरोइन जस्तो देखिने प्रतिबन्धित पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले बस जाँच गरेको थियो। सोही क्रममा गिरीले लुकाएर ल्याएको उक्त पदार्थ बरामद भएको हो।

पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १५:२९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

१५ देखि ३० कात्तिकसम्म नागढुंगा सुरुङमार्ग भएर १ लाख १९ हजार २९ सवारी गुडेका छन् ।

#नागढुंगा #सुरुङमार्ग
Compare →
Bizshala
1d ago
नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकबाटै लिन सकिने भयो ई–ट्याग

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकबाटै लिन सकिने भयो ई–ट्याग

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आवश्यक ई–ट्याग (E-Tag)...

#सुरुङमार्ग #नागढुंगा
Compare →
Hamro Patro News
1d ago
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि एन-ट्याग कुमारी बैंकमा उपलब्ध

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि एन-ट्याग कुमारी बैंकमा उपलब्ध

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन-ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । एन-ट्याग एक विद्युतीय टोल भुक्तानी प्रणाल...

#सुरुङमार्ग
Compare →
Arthasansar
1d ago
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि N–Tag कुमारी बैंकमा उपलब्ध

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि N–Tag कुमारी बैंकमा उपलब्ध

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि N–Tag को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ...

#सुरुङमार्ग
Compare →

Related Stories

Technology
Build #2612