Trending
Prev Story
Next Story

ट्राफिक नियम नमान्ने ५६६ चालकलाई कारबाही

Nagarik News •
November 23, 2026 • 07:12 AM
6
6 reads 0 reactions

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन्।

ट्राफिक नियम नमान्ने ५६६ चालकलाई कारबाही

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, सिसिटिभीबाट पहिचान भएका ३७ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने २९ जना र तीव्र गतिमा सवारी चलाउने १२२ जना छन्।

त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १०,  सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार जना कारबाहीमा परेका छन्।

विभिन्न सवारी नियम पालना नगर्ने २७९ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरुमाथि नियमअनुसार जरिवानासहितको कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ।

सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ।

सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारी मात्र नभई सडकमा हिँड्ने पैदलयात्रुसहित सबैको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ।

प्रकाशित: ७ मंसिर २०८३ १२:५७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#नियम #कारबाही #ट्राफिक
Compare →
Ekantipur
2d ago
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६६६ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६६६ जनालाई कारबाही

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत २९, रातोबत्तीमा १४ जना चालकलाई कारबाही गरिएको छ ।

#कारबाही #ट्राफिक
Compare →
Hamro Patro News
6d ago
कात्तिकमा १२ हजार ९६७ चालक कारबाहीमा, मापसेका सबैभन्दा बढी

कात्तिकमा १२ हजार ९६७ चालक कारबाहीमा, मापसेका सबैभन्दा बढी

कात्तिक महिनामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक...

#कारबाही #ट्राफिक #चालक
Compare →
Onlinekhabar
6d ago
कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

३० कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन …

#कारबाही #नियम #चालक
Compare →

Related Stories

Technology
Build #2612