Trending
Prev Story
Next Story

सोमबार बढ्यो सुनको मूल्य, किन्नुअघि तीन कुरा कुर्दैछन् लगानीकर्ता

Ekantipur •
November 23, 2026 • 06:32 AM
4
4 reads 0 reactions

लगानीकर्ता अमेरिकाको मुद्रास्फीति, रोजगारीसम्बन्धी तथ्यांक र त्यहाँको केन्द्रीय बैंकको आगामी डिसेम्बर ८ र ९ मा हुने बैठकको निर्णय कुर्दैछन् ।

सोमबार बढ्यो सुनको मूल्य, किन्नुअघि तीन कुरा कुर्दैछन् लगानीकर्ता

लगानीकर्ता अमेरिकाको मुद्रास्फीति, रोजगारीसम्बन्धी तथ्यांक र त्यहाँको केन्द्रीय बैंकको आगामी डिसेम्बर ८ र ९ मा हुने बैठकको निर्णय कुर्दैछन् ।

काठमाडौँ — सोमबार नेपाली बजारमा सुनको मूल्यमा सुधार भएको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला सुन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही सुधार भएपछि यहाँ पनि मूल्य बढेको हो । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ८२ डलरले बढेर ३ हजार ६ सय २३ डलरमा कारोबार भइरहेको छ ।

सुनले यसअघि ३ हजार ५ सय डलर आसपासमा टेवा खोजिरहेको थियो । १४ महिनाकै न्यून विन्दुसम्म पुगेपछि सुनको मूल्य फर्किन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सिएनबिसीले सेयर बजारमा आएको गिरावटको लाभ सुनको मूल्यमा पर्ने देखिएको समाचारमा उल्लेख गरेको छ । सिएनबिसीले समाचारमा क्यापिटल डटकमका वरिष्ठ वित्तीय बजार विश्लेषक काइल रोडालाई उद्धृत गरेको छ । रोडाले भनेकी छिन्, ‘प्रविधि (टेक) क्षेत्रका सेयरहरूमा आएको बिक्रीको चाप र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा देखिएको उछाल कमजोर भएसँगै आर्थिक गतिविधि सुस्त हुने अपेक्षा छ । यसका कारण आगामी दिनमा अमेरिकाले बढाउने अनुमान गरिएको ब्याजदरको प्रभाव कस्तो हुन सक्छ भनेर बजारले पुनः मूल्यांकन गर्न थालेको छ । यही कारण सुनको मूल्यले केही टेवा पाइरहेको छ ।’

यद्यपि, अहिले लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको पनि यी समाचारहरूमा विश्लेषण गरिएको छ । सञ्चारमाध्यमहरूका अनुसार विशेषगरी लगानीकर्ताहरूले अहिले तीन कुरा पर्खिरहेका छन् । पहिलो, अमेरिकाको मुद्रास्फीति (मुद्राको क्रयशक्तिमा ह्रास अर्थात् महँगी) ।

दोस्रो, अमेरिकाको रोजगारीसम्बन्धी तथ्यांक ।

तेस्रो, त्यहाँको केन्द्रीय बैंकको आगामी डिसेम्बर ८ र ९ मा हुने बैठकको निर्णय ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले अमेरिकी मूल्यवृद्धि दरको तथ्यांक सार्वजनिक हुने समय नजिकिएकाले पनि लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको विश्लेषण गरेको छ ।

यही नोभेम्बर २५ मा अमेरिकाको मूल्यवृद्धि दरसम्बन्धी तथ्यांक सार्वजनिक हुँदै छ । सेप्टेम्बरमा त्यहाँ मूल्यवृद्धि दर ३‍.७० प्रतिशत थियो ।

मूल्यवृद्धि थप बढ्ने अनुमानकै कारण अमेरिकी केन्द्रीय बैंकले नीतिगत ब्याजदर बढाउने संकेत गरिरहेको हो ।

शुक्रबार अमेरिकी केन्द्रीय बैंक (फेड) की एक गभर्नर लिसा कुकले आफूले मुद्रास्फीतिलाई ‘अत्यन्त चिन्ता’का साथ हेरिरहेको र यसको सामना गर्न हालको नीतिगत ब्याजदर पर्याप्त नभएको बताएकी छिन् । टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा कुकलाई उद्धृत गरेको छ ।

धेरैले नीतिगत ब्याजदर ०.२५ देखि ०.५ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिरहेका छन् । तर, केही अर्थशास्त्रीले भने फेडले अहिले पनि नीतिगत ब्याजदर धेरै बढाउन नहुने बताइरहेका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पछिल्लो मुद्रास्फीति तथ्यांकप्रति प्रतिक्रिया दिँदै फेडरल रिजर्भले मौद्रिक नीतिमा अत्यधिक कडाइ गर्दा अमेरिकी अर्थतन्त्र जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।

यसअघि अगस्ट महिनामा उनले दीर्घकालीन ऋणको बढ्दो लागत नियन्त्रण गर्न गरेको प्रयासले ऋणपत्रको प्रतिफल घटाएको र सुनको मूल्यमा अल्पकालीन उछाल ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गले उल्लेख गरेको छ ।

त्यस्तै, डिसेम्बर ४ मा सार्वजनिक हुने अमेरिकी रोजगारी प्रतिवेदनको प्रभाव पनि सुनको मूल्यमा पर्न सक्ने अनुमान गरिएको छ । रोजगारी बजार राम्रो देखिएमा अर्थतन्त्र तातिएको र महँगी अझै नियन्त्रणमा नआएको संकेत गर्ने बताइन्छ ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5h ago
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो, प्रतिऔंस ३ हजार ५७४ डलर नाघ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो, प्रतिऔंस ३ हजार ५७४ डलर नाघ्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतिऔंस ३ हजार ५७४ दशमलव ६५ अमेरिकी डलर पुगेको छ।...

#सुन #डलर
Compare →
Nagarik News
1d ago
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ।

#लगानीकर्ता #अमेरिका
Compare →
Hamro Patro News
2d ago
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट, ९ दिनमा प्रतिऔंस ५८० डलर घट्यो

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट, ९ दिनमा प्रतिऔंस ५८० डलर घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । २०२६ को नोभेम्बर ९ मा ४ हजार १४० डलर प्रति औंसमा कारोबार भन्द भएको सुनको भाउ अहिले ३ हजार ५६० डलरमा कारोबार हुँदैछ । ९ क...

#सुन #डलर
Compare →
Arthasansar
21h ago
१० महिनामा करिब १ लाखले घट्यो सुनको मूल्य ,१ लाख ८० हजारसम्म पुग्ने अनुमान

१० महिनामा करिब १ लाखले घट्यो सुनको मूल्य ,१ लाख ८० हजारसम्म पुग्ने अनुमान

नेपाली बजारमा पछिल्ला दिनहरुमा सुनको मूल्य लगातार रुपमा घटिरहेको छ । गत साताका सबै दिन उच्च मूल्यमा घटेको सुन यो...

#सुन
Compare →
Onlinekhabar
2d ago
तोलामा ४ हजार ८ सय बढ्यो सुन

तोलामा ४ हजार ८ सय बढ्यो सुन

७ मंसिर, काठमाडौं । विगत केही साता लगातार घटेको सुनको भाउ आज बढेको छ । आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला …

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612