महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको भेटवार्तापछि दुवै देशका प्रमले सम्बोधन गर्ने बताइएको छ ।
नयाँ दिल्ली (भारत) — भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार बिहान ११ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त भेटवार्ता नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा हुनेछ ।
भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ । आजै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा केही आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गरेपछि दिवाभोजमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन् ।
प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमण पूरा गरी आजै स्वदेश फर्कने कार्यतालिका छ ।