काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ ।
स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । “जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । हामीले फेर्ने श्वासदेखि पिउने पानी र बस्ने सहरसम्म जलवायु परिवर्तनबाट प्रभावित छन्”, उनले भनिन्, “अब गरौँला–हेरौँला भनेर बस्ने समय छैन । त्यसैले काममै केन्द्रित भएर जलवायु कार्य सप्ताह आयोजना गर्न लागेका हौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )