काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकन डलर, कुवेती दिनारसहित कतिपय मुद्राको विनिमयदरस्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ थप घटेको छ।
बहराइनसहित कतिपय मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकन डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइनसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर स्थिर थियो।
आज अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकन डलरको विनिमयदर यही थियो।
त्यसैगरी युरो १ को खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा छ। हिजो युरो १ को खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८९ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।
त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९२ रुपैयाँ ३१ पैसा बिक्रीदर ३९३ रुपैयाँ ९० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९२ रुपैयाँ २९ पैसा बिक्रीदर ३९३ रुपैयाँ ८८ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।