Trending
Prev Story
Next Story

पोचेटिनोको डेब्यु खेलमै युनाइटेड ४–० ले पराजित

Ekantipur •
November 23, 2026 • 01:32 AM
4
4 reads 0 reactions

प्रिमियर लिगमा पोचेटिनोको पहिलो खेलमै युनाइटेड लिभरपुलसँग ४–० गोलले पराजित भएको छ ।

पोचेटिनोको डेब्यु खेलमै युनाइटेड ४–० ले पराजित

प्रिमियर लिगमा पोचेटिनोको पहिलो खेलमै युनाइटेड लिभरपुलसँग ४–० गोलले पराजित भएको छ ।

काठमाडौँ — म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको सुरुवात बिर्सनलायक बनेको छ । प्रिमियर लिगमा पोचेटिनोको पहिलो खेलमै युनाइटेड लिभरपुलसँग ४–० गोलले पराजित भएको छ । युनाइटेडले पछिल्ला ९ प्रिमियर लिग खेलमा जित हात पार्न सकेको छैन ।

खेलको आठौँ मिनेटमै लेनी योरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । युनाइटेडका डिफेन्डर म्याथिज डी लिग्टको गल्तीको फाइदा उठाउँदै एलेक्जान्डर इसाक गोल गर्ने अवसरमा अघि बढे । उनलाई रोक्ने क्रममा योरोले फाउल गरेपछि रेफ्रीले सोझै रातो कार्ड देखाए । यो प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका खेलाडीले पाएको अहिलेसम्मकै छिटो रातो कार्ड हो ।

त्यसपछि प्राप्त फ्रिकिकमा डोमिनिक सोबोस्लाईले उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै फ्लोरियनले गोल गरेपछि लिभरपुलले अग्रता दोब्बर बनायो ।

खेलको ६० औँ मिनेटतिर ब्राड्ली बार्कोलाको उत्कृष्ट मुभपछि एनगुमोहाले गोल गर्दै लिभरपुलको अग्रता ३–० मा पु¥याए । खेलको अन्तिम समयमा भिक्टर मुनोजले अर्को गोल थपेपछि लिभरपुलले ४–० को प्रभावशाली जित निकाल्यो । यस जितसँगै लिभरपुल ११ खेलमा २१ अंकका साथ प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । ११ खेलमा ८ अंक रहेको म्यानचेस्टर युनाइटेड पुछारबाट दोस्रो स्थानमा झरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
रोकिएन म्यानचेस्टर युनाइटेडको हारको सिलसिला, लिभरपुलसँग ४–० ले पराजित

रोकिएन म्यानचेस्टर युनाइटेडको हारको सिलसिला, लिभरपुलसँग ४–० ले पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित युनाइटेडलाई ४–० गोलले हराएको हो । लिभरपुलको ...

#प्रिमियर-लिग #युनाइटेड #पराजित
Compare →
Arthasansar
22h ago
आर्सनल र न्युक्यासलको बराबरी

आर्सनल र न्युक्यासलको बराबरी

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको छ। शनिबार सेन्ट जेम्स पार्कमा भएको खेलमा...

#प्रिमियर-लिग #गोल
Compare →
Nagarik News
16h ago
अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका-इजरायलसँगको युद्धमा अमेरिकाको पराजय भएको दाबी गर्दै विश्व व्यवस्था परिवर्तन भइसकेको बताएका हुन्।

#पराजित
Compare →

Related Stories

Sports
Build #2612