Trending
Prev Story
Next Story

नेपालद्वारा यूएई पराजित

Ekantipur •
November 22, 2026 • 11:33 AM
3
3 reads 0 reactions

कतारमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

नेपालद्वारा यूएई पराजित

कतारमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

काठमाडौँ — नेपालले एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा पहिलो विजय हात पारेको छ । कतारमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

नेपाल शुक्रबार मात्र भारतसँग ३ सय ६ रनले पराजित भएको थियो र सोक्रममा २६ रनमै अलआउट भएको थियो । जुन लिस्ट ‘ए’ मान्यता खेलकै पाँचौं न्युन स्कोर थियो । नेपालले सेमिफाइनलमा पुग्ने आशालाई जिवितै राख्दै मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्ने छ ।

नेपालले युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदान टस जितेर फिल्डिङ रोजेपछि उत्कृष्ट बलिङ गरेको थियो । यूएईलाई ३९.५ ओभरमा १ सय २१ रनमा अलआउट गरेको नेपालले जवाफमा कुशल भुर्तेलले अर्धशतक बनाएपछि २२ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका रशिद खानले आर्यन्श शर्मालाई विकेटको पछाडि क्याच गराए । अर्का ओपनर अंश टन्डन १ रनमा रनआउट भए । हरप्रित सिंह र मोहम्मद साहदादले तेस्रो विकेटमा ६३ रनको साझेदारी गरे पनि यूएईले अन्तिम ८ विकेट केवल ४७ रनमा गुमाएको थियो । हरप्रितले ४८ बल खेल्दै ४ चौका प्रहार गरी ३२ र साहदादले ७० बल खेली ५ चौका प्रहार गरी ४० रन बनाए । अफ्ताब आलम ४ र कप्तान बसिल हमिद २ रन बनाई कुशल भुर्तेलको बलमा आउट भएपछि यूएई नाटकीय रुपमा पतन भएको थियो ।

नेपालबाट कप्तान सन्दीप लामिछाने र कुशलले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रनमात्र खर्चेका थिए । कुशलले ५ ओभरमा २ मेडन राख्दै १५ रन खर्चे । रशिदले ४ ओभरमा १३, ललित राजवंशीले ८ ओभरमा १ मेडन राख्दै २७ र नन्दनले ४.५ ओभरमा २८ रन खर्चेर १–१ विकेट लिए ।

नेपालको सुरुआत राम्रो थिएन । अर्जुन कुमाल ५ रनमै आउट भए । देव खनाल १ बलमात्र टिकी शुन्यमा आउट भए । कुशल र मयन यादवले तेस्रो विकेटमा ६१ रनको साझेदारी गरी नेपालको स्थितिलाई सुधारे । मयन २७ रनमा आउट भए । उनले २८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।

कुशलले ५७ रन जोडे । उनले ५६ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । बसिर अहमद ३१ बल खेली १८ र पवन सर्राफ ८ बल खेलि ९ रनमा अविजित रहे । पवनले २ चौका प्रहार गरे । यूएईका मोहम्मद मोहसिनले २ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

इरानले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विजेताको जस्तो व्यवहार गरेर अन्य देशमाथि सर्त थोपर्न नसक्ने बताएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमे...

#पराजित
Compare →
Arthasansar
8h ago
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग...

#यूएई
Compare →
Onlinekhabar
2d ago
इरानको दाबी- युद्धमा पराजित अमेरिका अब सर्त थोपर्नसक्ने अवस्थामा छैन

इरानको दाबी- युद्धमा पराजित अमेरिका अब सर्त थोपर्नसक्ने अवस्थामा छैन

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विश्वमाथि आफ्नो सर्त थोपर्न नसक्ने बताएका छन् । इरानमाथि अमेरिका र इजरायलले गरेको युद्धमा पराजय व्यहोरेपछि विश्व व्यवस्था परिवर्तन भएको …

#पराजित
Compare →
Nagarik News
3d ago
विश्व प्रहरी सम्मेलनमा सहभागी भएर फर्किए गृहमन्त्री गुरुङ, यूएईमा नेपाली ठग्नेविरुद्ध कारबाहीको निर्देशन

विश्व प्रहरी सम्मेलनमा सहभागी भएर फर्किए गृहमन्त्री गुरुङ, यूएईमा नेपाली ठग्नेविरुद्ध कारबाहीको निर्देशन

गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी बिहीबार नेपाल फर्किएका हुन्।

#यूएई
Compare →

Related Stories

Sports
Build #2612