Trending
Prev Story
Next Story

सुडानमा विद्रोही समूहको ड्रोन आक्रमणमा चार जनाको मृत्यु, राष्ट्रसंघीय भवनमा क्षति

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको छ । आक्रमणबाटसमेत राष्ट्रसंघको भवनमा पनि क्षति पुगेको छ । उक्त हमलाको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) माथि आरोप लागेको छ । आइतबार …

सुडानमा विद्रोही समूहको ड्रोन आक्रमणमा चार जनाको मृत्यु, राष्ट्रसंघीय भवनमा क्षति

सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको छ । आक्रमणबाटसमेत राष्ट्रसंघको भवनमा पनि क्षति पुगेको छ ।

उक्त हमलाको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) माथि आरोप लागेको छ ।

आइतबार बिहान भएका आक्रमणमा आवासीय क्षेत्रलाई निशाना बनाइएको थियो । सरकारी भवन र खार्तुम विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएपछि सुडानी सेनाले हवाई प्रतिरक्षा प्रणाली परिचालन गरेको थियो ।

सुडानमा जारी युद्धमा ड्रोनको प्रयोग बढ्दै गएपछि सर्वसाधारण नागरिक र मानवीय सहायता क्षेत्रमा काम गर्ने कर्मचारीको सुरक्षाबारे चिन्ता थपिएको छ ।

एएफपी समाचार एजेन्सीका अनुसार प्रत्यक्षदर्शीहरूले बिहान करिब २ बजेदेखि ४:३० बजेसम्म राजधानीका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनेका थिए । त्यस क्रममा सेनाले ड्रोन खसाल्ने प्रयास गरेको थियो ।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक डेनिस ब्राउनले आइतबार राष्ट्रसंघको एउटा भवनमा क्षति पुगेको र त्यसबेला कर्मचारीहरू भवनभित्रै रहेको बताएकी छन् ।

आपत्कालीन मानवीय सहायता समन्वय गर्ने राष्ट्रसंघीय कार्यालयले सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा आफ्ना कर्मचारीमाथि भएको जोखिमको निन्दा गर्दै यसलाई अस्वीकार्य भनेको छ ।

सुडानी सेनाका एक स्रोतले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार ड्रोनहरू छिमेकी इथियोपियाको बाहिरदार विमानस्थलबाट प्रक्षेपण गरिएका थिए । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

इथियोपियाले यसअघि पनि आफ्नो भूमिबाट आरएसएफलाई आक्रमण गर्न अनुमति दिएको भन्ने सुडानको आरोप अस्वीकार गर्दै आएको छ ।

सुडानले इथियोपियाबाट ड्रोन आक्रमण भइरहेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र अफ्रिकी संघमा समेत उजुरी दिएको छ ।

यसैबीच, सुडान सरकारले आइतबार दक्षिणपूर्वी ब्लु नाइल राज्यमा आरएसएफका लडाकुहरूले पक्राउ परेका सैनिकको हत्या गरेको आरोप लगाएको छ । उक्त क्षेत्र इथियोपियाको सीमासँग जोडिएको छ ।

सरकारले ती सैनिकको हत्या अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भएको भन्दै निन्दा गरेको छ । यद्यपि, उक्त आरोप पनि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

पछिल्लो समय आरएसएफ र सुडानी सेना दुवैले एकअर्काका सैन्य निशानामा आक्रमण गर्न ड्रोनको प्रयोग बढाउँदै लगेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार यस वर्षको पहिलो छ महिनामा ड्रोन आक्रमणबाट एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म सुडानमा मारिएका वा घाइते भएका बालबालिकामध्ये करिब दुई तिहाइ ड्रोन आक्रमणका कारण प्रभावित भएका छन् ।

सुडानी सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि युद्ध जारी छ । उक्त युद्धले विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटमध्ये एक निम्त्याएको छ । युद्धका कारण एक करोड ३० लाख मानिस विस्थापित भएका छन् भने केही क्षेत्रमा भोकमरीको अवस्था सिर्जना भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
रुसी आक्रमणमा किएभका तीन पुलमा क्षति, युक्रेनमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा किएभका तीन पुलमा क्षति, युक्रेनमा आठ जनाको मृत्यु

रुसले युक्रेनका विभिन्न सहरमा रातभर गरेको ठूलो क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। आक्रमणका क्रममा राजधानी किएभका नीपर नदीमाथिका तीनवटा महत्त्वपूर्ण पुलमा क्षति पुगेको ...

#आक्रमण #जनाको #मृत्यु
Compare →
Ekantipur
13h ago
ड्रोन आक्रमणले रुसी कार्गो जहाजमा आगजनी

ड्रोन आक्रमणले रुसी कार्गो जहाजमा आगजनी

फिनल्यान्डको रक्षा बलका अनुसार रुसको गोगल्यान्ड टापुको पश्चिममा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजमाथि आक्रमण भएको हो

#ड्रोन #आक्रमण
Compare →
Nagarik News
2d ago
रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

#आक्रमण #जनाको #क्षति
Compare →
Bizshala
2d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2612