६ मंसिर, काठमाडौं । प्रधानाध्यापक संघ नेपाल (पान) ले १२ बुँदे जनकपुरधाम घोषणापत्र सार्वजनिक गरेको छ । संघका अध्यक्ष सुदाम गौतमका अनुसार नेपालको विद्यालय शिक्षालाई गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, सीपमूलक र जीवनोपयोगी बनाउने साझा संकल्प अघि सारिएको छ ।
‘विद्यालय सुधारौँ, शिक्षा बदलौँ र समृद्ध राष्ट्र निर्माणमा हातेमालो गरौँ । सबल नेतृत्व, सक्षम विद्यालय र गुणस्तरीय शिक्षा समुन्नत नेपालको आधार तय गरेका छौँ,’ उनले भने । मंसिर ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन भएको तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलन मा देशभरका करिब १,००० जना प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, विद्यालय कर्मचारी, शिक्षाकर्मी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।