खोटाङको हलेसीका महिलाहरुले साबुन लगायत सरसफाइका सामाग्री बनाउन सुरु गरेका छन् । स्थानीय वनस्पतिको प्रयोग गरेर हलेसीका महिलाहरुले लुगा धुने र मुख धुने साबुन लगायतका सरसफाइका सामाग्री बनाउन सुरु गरेका हुन् ।
स्थानीय स्तरमा पाइने घिउकुमारी, तितेपाती, पुदिना, तुल्सी लगायतका वनस्पतिबाट महिलाहरुले लुगा धुने साबुन, मुख धुने साबुन, मल्टीवास साबुन, एरिएल सरफ, हार्पिक, कोलिन र फिनेल जस्ता सरसफाइका सामाग्रीहरु बनाउन सुरु गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाले गत वैशाखमा महिलाहरुलाई १२ दिने तालिम प्रदान गरेको थियो । तालिम लिएका केही महिलाहरु भने अहिले सोही सिपबाट व्यावसायिक बन्न थालेका छन् । आधारभूत तालिम लिएर सिपलाई व्यावसायिक बनाउन सुरु गरेका ९ जना महिलालाई नगरपालिकाले पुनः एडभान्स तालिम दिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता शुरेस धामीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )